नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायलका लागि सरकारले दियो दुई कम्पनीको खोपलाई अनुमति – Naya Bikalpa
August 27, 2026, Thursday      Epaper

नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायलका लागि सरकारले दियो दुई कम्पनीको खोपलाई अनुमति

नयाँविकल्प,

काठमाडौं – सरकारले नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायलका लागि पुनः अर्को कम्पनीले निर्माण गरेको खोपलाई अनुमति दिने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मेरिकी कम्पनी सानोफी पाश्चरको प्रायोजनमा इन्टरनेशनल भ्याक्सिन इन्स्टिच्यूट कोरियासँग मिलेर खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको हो ।

नेपालगञ्ज मेडिकल कलेज र धुलिखेल अस्पतालमा खोपको ट्रायल गरिने कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

आवश्यक डकुमेन्टसहित प्राविधिक तयारी गर्दा सेप्टेम्बर दोस्रो सातादेखि खोप ट्रयाल कार्यक्रम अघि बढाइने भएको छ ।

यस्तै बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपालमा चीनको एमआरएनए खोपलाई क्लिनिकल परीक्षण गर्न अनुमति दिएको थियो ।

नेपालले चिनियाँ कम्पनी वालभ्याक्सले निर्माण गरेको एमआरएनए खोपको क्लिनिकल परीक्षण एक सातापछि सुरु गरिने भएको छ ।

देउराली जनता फर्मास्युटिकल्सले बिपी कोइराला इस्टलभेन्स साइन्सेज धरानबाट क्लिनिकल ट्रायल सरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


गएको बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपालमा चीनको एमआरएनए खोपलाई क्लिनिकल परीक्षण गर्न अनुमति दिएको थियो ।

सम्बन्धित समाचार

भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
  • २०७८ भाद्र १६, २०: २९

काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...

रसुवा बाढी : ३५९ जनाको शव फेला
रसुवा बाढी : ३५९ जनाको शव फेला
  • २०७८ भाद्र १६, २०: २९

काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...

चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
  • २०७८ भाद्र १६, २०: २९

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...