प्रचण्ड भावुक बन्दै चुनावी मैदानमा – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

प्रचण्ड भावुक बन्दै चुनावी मैदानमा

काठमाडौं । गत आईतबार पुष्पकमल दाहाका एक मात्र सुपुत्र प्रकाश दाहालको अल्पायुमा हृदयघातबाट निधन भएपछि ने.क.पा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई एकाएक ठूलो पारीवारिक बज्रपात प¥यो । केही वर्ष अगाडि छोरीको क्यान्सर रोगबाट निधन भएको थियो भने अहिले एकाएक छोरा प्रकाशको निधनले आईतबार बिहान राजनैतिक वृतमा निकै ठूलो तनाव देखियो ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि राजनैतिक दलहरु चुनावी मैदानमा भएपनि सबै एकाएक दलका नेता तथा कार्यकर्ताहरु नर्भिक अस्पताल हुँदै आर्यघाटसम्म पुगेर अध्यक्ष प्रचण्डलाई सहानुभूति दिँदै समवेदना प्रकट गरे । त्यसपछि २ दिन प्रचण्ड निवासमा छोरा प्रकाशको निधनको समवेदना प्रकट गर्न पुगेका शुभचिन्तक तथा राजनैतिक दलका नेता, कार्यकर्ता लगायतसँग अध्यक्ष दाहाल निकै भावुक भएका थिए । तर देशका सबै तह र तप्काका व्यक्तिहरुबाट पाएको शुवेच्छालाई भने उनले अभिभावकत्व प्राप्त गरेको महशुस गरे ।

त्यसैले उनले त्यो दुःखद क्षणको शोकलाई शक्तिमा बदल्ने भन्दै पुन चुनावी मैदानमा उत्रिएका छन् । छोरा प्रकाशको निधनको ३ दिन नबित्दै आफ्नो चुनावी क्षेत्र पुगेका अध्यक्ष प्रचण्ड बेलाबेलामा केही कुरामा अलि भावुकता देखिए पनि चुनावी कार्यक्रममा भने यथावत् गर्न थालेका छन् । निर्वाचनमा निस्कनुभन्दा अगाडि लाजिम्पाटस्थित आफ्नै निवासमा आएका शुभचिन्तकहरुसँग यस्तो भनाई राखेका थिए । “यो घटना स्तब्ध हुने घटना भयो हाम्रो परिवारलाई । दुर्घटना भनेर जे हुन्छ, त्यस्तै भयो ।

यस्तो हस्पिटल, सारा विज्ञानको विकास भएको छ । तर हस्पिटल नलगीकन (प्रकाश) गयो । यसलाई हामीले दुर्घटनाजस्तो मानेका छौं । तपाईंहरुले हामीलाई जुन समवेदना प्रकट गर्नुभएको छ, त्यसले हामीलाई ठूलो शक्ति प्रदान गरेको छ । म्याडम पनि विस्तारै सम्हालिन थाल्नु भएको छ । सबै त छोराछोरी हुन । हामीले देशैभरिका जनताले हामीबाट अविभावकको जस्तो भूमिका खोजेका छन, त्यसैले हामीले धैर्य गर्नुपर्छ भनेपछि विस्तारै नर्मल हुनेतिर गएको छ । पुरै नर्मल भइसकेको त छैन । तर विस्तारै नर्मल हुनेतिर गएको छ । हिजो समाचार सुन्ने बित्तिकै श्रद्धाञ्जलीमा, दाहसंस्कारमा जस्तो सहभागिता देखियो, त्यसका लागि हाम्रो परिवारको तर्फबाट पार्टीको तर्फबाट यहाँहरु सबैप्रति आभार प्रकट गर्न चाहन्छु” भन्दै धन्यवाद दिए ।
पीडा त ठूलै छ । मैले त पार्टीको ‘लिडर’ को हैसियतले सबै घटना, हिजोका युद्ध, शान्तिका घटनाले गर्दा मैले त एक ढंगले ‘रियलाइज’ गर्न सक्ने नै छ । तर परिवारलाई सम्हाल्न गा¥हो छ । किनभने, पहिले छोरीको दुर्घटना त्यसपछि भावुक तीन वर्ष नहुँदै छोराको घटना– यो घटनाले जुन विक्षिप्तता ल्याएको छ, त्यसलाई तपाईंहरु जस्ता साथीहरुको समवेदना, सहयोगले शक्ति प्राप्त भएको छ । यति भन्दै गर्दा प्रचण्ड निकै भावुक भएर भित्रतिर छिरे ।

सम्बन्धित समाचार

साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्
  • २०७४ मंसिर ११, ०८: २५

काठमाडौं : नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध...

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
  • २०७४ मंसिर ११, ०८: २५

काठमाडौं : आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर...

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
  • २०७४ मंसिर ११, ०८: २५

काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस सेवाबाट दसैं पर्वका अवसरमा काठमाडौं उपत्यकामा तीन हजार ५८५...