एमाले सांसदद्वारा सभामुखबिरुद्ध संसद बैठकमै नारावाजी (तस्वीरसहित) – Naya Bikalpa
October 23, 2026, Friday      Epaper
प्रतिनिधिसभाको दोश्रो बैठक १५ मिनेटको लागि फेरि स्थगित

एमाले सांसदद्वारा सभामुखबिरुद्ध संसद बैठकमै नारावाजी (तस्वीरसहित)



काठमाडौं । बर्तमान प्रतिनिधिसभाको औचित्य नभएर नै आफूले दुई दुई पटक विघटन गर्नु परेको दलित पेश गर्दै आएका एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई साक्षी राखी एमाले सांसदले सभामुखबिरुद्ध नारावाजी गरेका छन्।


प्रतिनिधि सभाको आजबाट शुरु भएको अधिवेशनको पहिलो बैठक नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले सभामुख अग्नीप्रसाद सापकोटाको बिरुद्ध नाराबाजी गर्दै अबरुद्ध गरेको हो।


बुधबार चार बजे शुरु भएको प्रतिनिधिसभाको पहिलो बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बोलीसकेपछि एमालेका सांसदहरुले सभामुख अग्नीप्रसाद सापकोटा बिरुद्ध रोष्टक घेरा हाली नाराबादी गरेका छन्।


विपक्षी दलको नारावाजीपछि सभामुख सापकोटाले सवा ४ बजे १५ मिनेटको लागि स्थगित भएको बैठक ५ बजे पुन बसेको थियो। साँझ ५ बजे बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको पनि उपस्थिति थियो।


एमाले सांसदहरुले नाराबाजी गर्दै सभामुखबिरुद्ध नै नाराबाजी गरेपछि सभामुख सापकोटाले संविधान बमोजिम अदालतमा विचाराधिन विषयमा सदनमा छलफल गर्न नपाईने प्रावधान रहेको भन्दै ध्यानाकर्षण गराएका थिए। दोश्रो बैठक पनि १५ मिनेटको लागि स्थगित भएको छ।


एमाले सांसदहरु निरु पाल, सूर्यप्रसाद पाठक लगायतका सांसदको नेतृत्वमा ‘सभामुखको व्यवहार मुर्दाबाद, सभामुखको आसनमा बसेर पार्टी फुटाउने षडयन्त्र गर्न पाईंदैन’ जस्ता नारा लगाएका थिए।

सम्बन्धित समाचार

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
  • २०७८ भाद्र २३, १७: ५६

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०७८ भाद्र २३, १७: ५६

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...

दसैंको टीकाको तेस्रो दिन आज : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
दसैंको टीकाको तेस्रो दिन आज : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
  • २०७८ भाद्र २३, १७: ५६

काठमाडौं : बडादसैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ। विजयादशमीका...