एमाले सांसदद्वारा सभामुखबिरुद्ध संसद बैठकमै नारावाजी (तस्वीरसहित) – Naya Bikalpa
August 27, 2026, Thursday      Epaper
प्रतिनिधिसभाको दोश्रो बैठक १५ मिनेटको लागि फेरि स्थगित

एमाले सांसदद्वारा सभामुखबिरुद्ध संसद बैठकमै नारावाजी (तस्वीरसहित)



काठमाडौं । बर्तमान प्रतिनिधिसभाको औचित्य नभएर नै आफूले दुई दुई पटक विघटन गर्नु परेको दलित पेश गर्दै आएका एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई साक्षी राखी एमाले सांसदले सभामुखबिरुद्ध नारावाजी गरेका छन्।


प्रतिनिधि सभाको आजबाट शुरु भएको अधिवेशनको पहिलो बैठक नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले सभामुख अग्नीप्रसाद सापकोटाको बिरुद्ध नाराबाजी गर्दै अबरुद्ध गरेको हो।


बुधबार चार बजे शुरु भएको प्रतिनिधिसभाको पहिलो बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बोलीसकेपछि एमालेका सांसदहरुले सभामुख अग्नीप्रसाद सापकोटा बिरुद्ध रोष्टक घेरा हाली नाराबादी गरेका छन्।


विपक्षी दलको नारावाजीपछि सभामुख सापकोटाले सवा ४ बजे १५ मिनेटको लागि स्थगित भएको बैठक ५ बजे पुन बसेको थियो। साँझ ५ बजे बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको पनि उपस्थिति थियो।


एमाले सांसदहरुले नाराबाजी गर्दै सभामुखबिरुद्ध नै नाराबाजी गरेपछि सभामुख सापकोटाले संविधान बमोजिम अदालतमा विचाराधिन विषयमा सदनमा छलफल गर्न नपाईने प्रावधान रहेको भन्दै ध्यानाकर्षण गराएका थिए। दोश्रो बैठक पनि १५ मिनेटको लागि स्थगित भएको छ।


एमाले सांसदहरु निरु पाल, सूर्यप्रसाद पाठक लगायतका सांसदको नेतृत्वमा ‘सभामुखको व्यवहार मुर्दाबाद, सभामुखको आसनमा बसेर पार्टी फुटाउने षडयन्त्र गर्न पाईंदैन’ जस्ता नारा लगाएका थिए।

सम्बन्धित समाचार

भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
  • २०७८ भाद्र २३, १७: ५६

काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...

रसुवा बाढी : ३५९ जनाको शव फेला
रसुवा बाढी : ३५९ जनाको शव फेला
  • २०७८ भाद्र २३, १७: ५६

काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...

चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
  • २०७८ भाद्र २३, १७: ५६

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...