जाजरकोटमा दुई बालबालिकामा दादुरा देखियाे – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

जाजरकोटमा दुई बालबालिकामा दादुरा देखियाे


नयाँ विकल्प,

जाजरकोट – नेपालले तीन वर्ष अघि अर्थात् सन् २०१९ भित्रै दादुरा उन्मूलन गर्ने लक्ष्य लिए पनि जाजरकोटमा बिरामी फेला परेका छन्। 

भेरी नगरपालिका-१ का दुई बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको भेरी नगरपालिका स्वास्थ्य शाखाका दीपक ओलीले जानकारी दिए। बालबालिकामा दादुरासँग मिल्दोजुल्दो लक्षण पाइएपछि ८ साउनमा १८ बालबालिकाको नमूना परीक्षण गरिएको थियो।

खोप रोकिएका कारण आगामी दिनमा बालबालिकामा दादुरा, क्षयरोग र पोलियोजस्ता रोगको संक्रमण देखिनसक्ने चेतावनी चिकित्सकले दिएका छन्। 

प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य सेवा कार्यालय जाजरकोट र भेरी नगरपालिका स्वास्थ्य शाखाले अनुगमन पनि गरेको छ। 

गत वर्ष ललितपुर, सर्लाही, झापा र धादिङमा १ सय २५ जनामा दादुराको संक्रमण पाइएको थियो । त्यसअघि सन् २०१९ मा देशभर दादुराका बिरामीको संख्या ४ सय ३० रहेको थियो।  

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ भाद्र २६, ०७: ४६

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...

राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक बस्दै
  • २०७८ भाद्र २६, ०७: ४६

काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...

आठ उच्च प्रभाव विकास परियोजनाका लागि भारतसँग सम्झौता, ८० करोडभन्दा बढी अनुदान
आठ उच्च प्रभाव विकास परियोजनाका लागि भारतसँग सम्झौता, ८० करोडभन्दा बढी अनुदान
  • २०७८ भाद्र २६, ०७: ४६

काठमाडौं : भारत सरकारले अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका आठ उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन गर्न...