
काठमडौं । सरकारले चीनबाट खरिद गरेको कोभिड १९ बिरुद्ध ६० लाख डोज भेरोसिल खोप शुक्रबारसम्म नेपाल आइसकेको छ। चीन सरकारबाट खरिद गरिएका खोप सामग्री बुझ्न स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ आफै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए।
यसअघि १६ लाख डोज खोप नेपाल आएर लगाइ सकिएको छ भने पछिल्ला दिनमा ४४ लाख डोज भेरोसेल नेपाल आएको छ। शुक्रबार नेपाल एयरलाइन्सको जहाजले एकै लटमा ४४ लाख डोज भेरोसेल खोप नेपाल ल्याएको स्वास्थ्य सेवा विभागले जनाएको छ।
यी जिल्लाबासीले पाउँदैछन् खोप
चीनबाट आइपुगेको खोप केही दिनभित्रै नागरिकलाई लगाउन थालिने स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागका अनुसार हिमाली १० जिल्लाका १८ वर्षभन्दा माथिका नागरिकलाई भेरोसेल खोप दिने योजना प्राथमिकतामा छ ।
अब केही दिनमा नै ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, संखुवासभा, मुगु, रसुवा, जुम्ला, हुम्ला, डोल्पा, बाजुरा, र दार्चुला जिल्लामा खोप अभियान सञ्चालन हुने भएको छ। त्यस्तै, काभ्रे, चितवनमा ३५ वर्षभन्दा माथि र अन्य ५५ जिल्लामा ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिइने छ।
त्यसैगरी राजधानीका काठमाडौं, भक्तपुर र ललितपुर तथा मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षभन्दा माथिका नागरिकलाई खोप दिइने छ। १८ वर्षभन्दा माथिका खोप लगाउन छुटेका विद्यार्थी, फ्रन्टलाइनमा खटिएका, अतिआवश्यक सेवा, शिक्षक, पर्यटक क्षेत्रका व्यक्तिलाई पनि खोप दिने योजना सरकारले बनाएको छ।

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...