
काठमाडौं । सरकारले काठमाडौं महानगरपालिका र काठमाडौं जिल्लाका सबै नगरपालिकाका वडा कार्यालय र आठ वटा ठूला अस्पतालमा असोज ४ गतेदेखि कोभिड १९बिरुद्धको खोप भेरोसेलको दोस्रो डोज लगाइदिने भएको छ।
पहिलो डोज लगाएकाहरुलाई ३ दिनसम्म चिनियाँ भेरोसेलको दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयलले जनाएको छ। सरकारले चीन सरकारबाट खरिद गरेको ६० लाख डोज भेरोसेलमध्ये शुक्रबार मात्र ४० लाख डोज खोप नेपाल एयरलाइन्समार्फत काठमाडौं आइपुगेको थियो।
स्वास्थ्य सेवा निर्देशनालय अनुसार काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा, कीर्तिपुर नगरपालकिामा १० ठाउँमा, चन्द्रागिरि नगरपालिकामा १५ ठाउँमा, नागार्जुन नगरपालिकाको १० ठाउँमा, तारकेश्वर नगरपालिकाको ११ ठाउँ, दक्षिणकाली नगरपालिकाको ९ ठाउँ र बुढानीलकण्ठ नगरपालिकाको १३ ठाउँमा दोश्रो डोज लगाइने भएको हो।
त्यस्तै काठमाडौं जिल्लाको टोखा नगरपालिकाको ११ ठाउँ, गोकर्णेश्वर नगरपालिकाको ९ ठाउँ, शंकरापुर नगरपालिकाको ९ ठाउँ र कागेश्वरी
मनोहरा नगरपालिकाको ९ ठाउँमा भेरोसेल दोस्रो डोज खोप लगाउन पहिलो डोज लगाएको कार्ड साथमा लिएर आउनेलाई खोप लगाइने स्वास्थ्य निर्देशनालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिकाको हकमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, शसस्त्र प्रहरी अस्पताल, बलम्बु, बीर अस्पताल, रत्नपार्क, शिक्षण अस्पताल, महाराजगञ्ज, निजामती कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसूतीगृह, स्त्रीरोग अस्पताल, थापाथली र वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा खोप केन्द्र तोकिएको छ।
काठमाडाैमा खाेप लगाइने केन्द्रहरूकाे सूची

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...