६ महिनाभित्रमा प्रत्यारोपण र डायलासिसमा ठूलो परिवर्तन हुने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको दाबी – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

६ महिनाभित्रमा प्रत्यारोपण र डायलासिसमा ठूलो परिवर्तन हुने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको दाबी

नयाँ विकल्प,

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले डायलासिस, किड्नी र क्यान्सरजस्ता रोगहरुको उपचारका लागि समयमै व्यवस्थापन गर्न नसके ठूलो महामारी बेहोर्नुपर्ने बताएका छन् ।

बुधवार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा राज्यमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।।

उनले नेपालमा प्रत्येक वर्ष तीन हजार मानिसको किड्नी फेल भएको विवरण आइरहेको भन्दै पाँच वटामात्रै उपचार गर्ने अस्पताल भएकाले किड्नी प्रत्यारोपण गर्नका लागि पनि दुई वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको बताए ।

उनले डायलासिस गर्नका लागि आवश्यक्ताअनुसारको सर्भिस सेन्टर नपुगेको जानकारी दिए ।

राज्यमन्त्री श्रेष्ठले जिल्लादेखि प्रदेशसम्म डायलासिस सेन्टर बनाउनुपर्ने र यसलाई सर्वसुलभ बनाउनुपर्नेमा जोड दिए ।

उनले सरकारले थोरैमा दुई सयदेखि तीन सय वटा डायलासिस सेन्टर बनाउनुपर्ने योजना बनाएको पनि बताए।

सरकारी अस्पताललाई अब पनि सुधार गर्न नसके ठूलो दुर्घटना हुने राज्यमन्त्री श्रेष्ठले बताए ।

अप्रेशन गर्नका लागि दुई वर्ष कुर्नुपर्ने बाध्यता रहेको बताउँदै राज्यमन्त्री श्रेष्ठले अप्रेशन सेन्टर पनि बढाउने सरकारको योजना रहेको जानकारी बताए ।

उनले प्रत्यारोपण र डायलासिसमा ६ महिनाभित्र ठूलो परिवर्तन हुने दाबी गरे ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ आश्विन ६, २१: ०४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ आश्विन ६, २१: ०४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७८ आश्विन ६, २१: ०४

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...