काठमाडौंका ११ नगर र ७ अस्पतालमा १८ वर्षमाथिका सबैलाई सोमबारबाट खोप – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

काठमाडौंका ११ नगर र ७ अस्पतालमा १८ वर्षमाथिका सबैलाई सोमबारबाट खोप


काठमाडौं । काठमाडौं स्वास्थ्य कार्यालयले जिल्लाभित्रका १८ वर्ष माथिका सबै नागरिकलाई ११ वटा नगरपालिकाले तोकेको केन्द्र र सातवटा अस्पतालमा कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्र लगाउने भएको छ।

असोज ११ गते सोमबारदेखि तीन दिनसमम ११ वटा स्थानीय तहले तोकेको खोप केन्द्रका अतिरिक्त ७ वटा अस्पताललाई पनि खोप केन्द्र तोकिएको छ। स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार जिल्लाको काठमाडौं महानगरपालिका, कीर्तिपुर, चन्द्रगिरी, नागार्जुन, तारकेश्वर, दक्षिणकाली, टोखा, वुढानिलकण्ठ, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी मनोहरा नगरपालिकाले सबै वार्डमा खोप केन्द्र तोकेका छन्।


महानगरपालिकाको हकमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, सशस्त्र प्रहरी बल अस्पताल, बलम्बु, बीर अस्पताल, शिक्षण अस्पताल, निजामति कर्मचारी अस्पताल, परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पताल, वीरेन्द्र सैनिक अस्पतालबाट खोप लगाइने भएको छ।


प्रमुख जनस्वास्थ्य प्रशासक बद्रिबहादुर खड्काले खोप लगाउन चाहनेले मन्त्रालयको वेभसाईट भ्याक्सिन डट एमओएचपी डट जीओभी डट एनपीमा गई विद्युतीय दर्ता अनिवार्य गर्नु पर्ने व्यवस्था गरेको जनाएका छन् ।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ आश्विन १०, १८: १७

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७८ आश्विन १०, १८: १७

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
  • २०७८ आश्विन १०, १८: १७

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...