कांग्रेसको कैलाली, धनुषा र सर्लाहीका क्रियाशिल सदस्यको नामावली सार्वजकि ५ जिल्लाको अझै वाँकी – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

कांग्रेसको कैलाली, धनुषा र सर्लाहीका क्रियाशिल सदस्यको नामावली सार्वजकि ५ जिल्लाको अझै वाँकी


काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले तीन जिल्लाका क्रियाशिल सदस्यको नाम सार्वजनिक गरेको छ। पार्टीले ६४ जिल्लाको वडा अधिवेशन र ५० बढी जिल्लाको गाउँ तथा नगर अधिवेशन सम्पन्न गरे पनि पाँच जिल्लाको भने अझै सदस्यता बिबाद टुंगिएको छैन्।


निर्वाचन समितिले मंगलबार कैलाली, धनुषा र सर्लाहीका क्रियाशील सदस्यवहरुको नामावली सार्वजनिक गरेको छ। योसँगै ७२ जिल्लामा क्रियाशील सदस्यता विवाद टुंगिएको छ भने रसुवा, सप्तरी, रौतहट, बारा र पर्साको क्रियाशील सदस्यता बिबाद अझै टुंगोमा पुगेको छैन।


कांग्रेसमा १४ औं महाधिवेशन अन्तर्गत स्थानीय अधिवेशन भइरहेका छन्। कांग्रेसले हिमाली जिल्ला २१ वटामा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै अधिवेशन गराई रहेको छ भने वाँकी जिल्लाको दशैंअघि वार्ड र पालिका तहको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको छ।


सात प्रदेशको प्रदेश अधिवेशन असोज ९ देखि ११ सम्म र केन्द्रीय महाधिवेशन भने आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ।

सम्बन्धित समाचार

लगानी बोर्डका पूर्वसिइओ सुशील भट्ट पक्राउ
लगानी बोर्डका पूर्वसिइओ सुशील भट्ट पक्राउ
  • २०७८ आश्विन १३, १२: २८

काठमाडौँ ।  काठमाडौ लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट पक्राउ परेका छन्। शनिबार ललितपुरको सानेपाबाट भट्टलाई पक्राउ...

आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
  • २०७८ आश्विन १३, १२: २८

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...

काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
  • २०७८ आश्विन १३, १२: २८

काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...