
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर एक हजार ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टाको अवधिमा नौ सय ११ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ। देशभर कोरोना संक्रमितको कूल संख्या ९१ हजार ५५५ जना पुगेको छ। संक्रमितमध्ये ७ लाख ६५ हजार ७५८ जना निको भएका छन्।
बिगत २४ घण्टामा ११ हजार ७६५ जनामा कोरोना परीक्षण भएको थियो । हालसम्म ४२ लाख बढीको पीसीआर परीक्षण भइसकेको छ भने ५ लाख ७७ हजार बढीको एन्टिजेन विधिबाट परीक्षण भएको छ।
हाल देशभर १८ हजार १६८ सक्रिय संक्रमित रहेका छन भने संक्रमितमध्ये हालसम्म ११ हजार १३५ जनाको मृत्यु भइसकेको छ । हाल देशभर आईसीयूमा ३५३ र भेन्टिलेटरमा ११७ जना उपचाररत छन् यस्तै एक हजार ३६६ जना संस्थागत आइसोलेशनमा रहँदा बाँकी होम आइसोलेसनमै रहेका छन्।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...
काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...