एकै दिनमा ३ लाखले लगाए कोरोनाविरुद्धको खोप – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

एकै दिनमा ३ लाखले लगाए कोरोनाविरुद्धको खोप


नयाँ विकल्प,

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा झन्डै तीन लाख जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

पछिल्लो २४ घण्टामा दुई लाख ८९ हजार तीन सय ८१ जनालाई कोरोनाविरुद्धको खोप दिइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधवार दुई लाख ८६ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका थिए ।

नेपालमा अहिलेसम्म कुल जनसङ्ख्याको २८ दशमलव नौ प्रतिशत अर्थात् ६२ लाख ८५ हजार सात सय ४० जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

यस्तै ७४ लाख ५६ हजार तीन सय ८४ जनाले पहिलो मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ आश्विन १४, २०: २५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ आश्विन १४, २०: २५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७८ आश्विन १४, २०: २५

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...