
नयाँ विकल्प,
काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् ।
आइतवार कान्ति बाल अस्पताललाई बुद्धिष्ट चु जी च्यारिटी फाउन्डेशनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले १८ वर्षमुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको एक करोड खोप आउने सुनिश्चितता भइसकेको बताए ।
यसका लागि ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको उनले बताए ।
दशैँलगत्तै एक लाख फाइजर खोप आउने उनको भनाइ छ ।
फागुनसम्ममा क्रमशः खोप आउने र बालबालिकालाई उपलब्ध गराइने उनले बताए ।
कार्यक्रममा बुद्धिष्ट चु जी च्यारिटी फाउन्डेशनले कान्ति बाल अस्पताललाई २५ वटा भेन्टिलेटर लगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
फाउन्डेशनले ४१ करोड ४८ लाख ४९ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री कान्ति बाल अस्पताललाई हस्तान्तरण गरेको फाउन्डेशनका नेपाल प्रतिनिधि महेश नकर्मीले बताए ।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...
काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...