काठमाडौं । कुनै बेला आफ्ना सहयोगीयोद्धा र सहयात्रीको रुपमा रहेका मित्रलाई गृहमन्त्री रामबहादुर थापा बादल र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गैरकानूनी रूपमा चन्दा असुली गरेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका प्रवक्ता खड्ग विश्वकर्मा प्रकाण्डलाई जसरी पनि जेलमा कोच्ने योजना बनाएका छन् ।
गत साउन २२ गते पक्राउ परी हिरासतमा राखिएका प्रकाण्डलाई सर्वोच्च अदालतको आदेशमा शुक्रबार रिहा गर्ने आदेश दिएलगत्तै काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई पक्राउ गरेको थियो ।
केही महिनाअघि काभ्रेमा एनसेल टावरमा आगजनी गराएको अभियोगमा उनलाई फेरि पक्राउ गरिएको छ । सार्वजनिक सम्पति नष्ट गरेकोसमेत अभियोग लागेपछि उनलाई पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ । यसअघि प्रकाण्डका छोरा नरेन्द्रबहादुर विश्वकर्माले उनलाई गैरकानूनी रुपमा थुनामा राखेको बताउँदै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । न्यायाधीश चोलेन्द्रसमशेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको थियो ।
करिब सात करोड रुपैयाँ चन्दा असुली गरेको अभियोगमा नेपाल प्रहरीको विशेष ब्युरोले उनलाई दक्षिणकालीबाट पक्राउ गरेको थियो । तर उनले त्यति रकम को को बाट असुली गरेको भन्ने प्रमाण प्रहरीले पेश गर्न नसकेपछि सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो । अन्नपूर्ण होटलका एक संचालकले प्रकाण्डबिरुद्ध चन्दा उठाएको, करकापमा पारेको जस्ता सूचना प्रहरीलाई दिएको आधारमा उनलाई प्रहरीले गिरफ्तार गरेपनि सो अभियोग बलियो नभएपछि अर्को अभियोग थप गरिएको हो ।
भूमिगत भएका नेत्रविक्रम चन्द विप्लवलाई चिढ्याउन प्रचण्डको डिजाइनमा गृहमन्त्री बादलले यस्तो कदम चालेको हुन सक्ने गृहमन्त्रालय स्रोतले जनायो ।
काठमाडौं : स्वास्थ्य सेवाजस्तो संवेदनशील सेवामा कुनै पनि प्रकारको अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ । चिकित्सक...
काठमाडौं : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा जिल्ला प्रशासन कार्यालय पर्सामा...
सुनसरी : सुनसरीको देवानगन्जको घटनापछि उत्पन्न स्थिति सामान्यतर्फ उन्मुख रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । स्थानीय दुई समूहबीच...