राजपामा बिबाद चर्कियो – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

राजपामा बिबाद चर्कियो

काठमाडौं । गठन भएको एक बर्ष चार महिना विते पनि महाधिवेशन गर्न नसकेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र नेतृत्व, संगठन र क्रियाकलापलाई लिएर बिबाद बढेको छ । प्रत्येक दुई महिनामा नेतृत्व परिवर्न गर्ने र एक बर्षभित्र महाधिवेशन घोषणा पार्टी एकीकरण वा गठनको बेला भएको थियो । तर, पार्टीको अध्यक्ष मण्डलको संयोजक बनेका महन्थ ठाकुरले नेतृत्व छाड्न नचाहेपछि बिबाद बढेको हो ।
प्रदेश नम्वर २ मा प्रभाव राख्ने राजपाले सो प्रदेशमा सरकारमा समेत सहभागी छ ।

राजापाले संघीय सरकारमा समेत सामेल हुने चाहनालाई केपी ओली नेतृत्वको सरकारले पुरा नगरेपछि राजपा सत्तारुढ हुने वा प्रतिपक्षी हुने भन्ने बिषयमा अन्योलमा परेको छ । २ नम्वर प्रदेशमा अर्को दल संघीय समाजवादी फोरमसँगको सहकार्यमा सरकार बनाएको राजापमा सरकारमा सहभागी हुने बिषयमा समेत बारम्बार बिबाद हुने गरेको छ ।

साउन अन्तिम साता प्रदेश २ को प्रदेश सभालाई संवोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली गएपछि राजपामा रहेको सुुसुप्त आन्तरिक बिबाद चर्किएको थियो । राजापाका महासचिव भएर पनि २ नम्वर प्रदेशमा कुनै भूमिका नपाएका मनिष कुमार सुमन र संघीय सरकारका भौतिक पूर्वाधार मन्त्री जितेन्द्रकुमार सोनलबीचको टकरावले पार्टीमा बिबाद चर्काएको हो ।

प्रधानमन्त्री ओली मधेशबिरोधी भएको र उसले प्रदेश सभाको अनुमति नलिइ संवोधन गरेको बिषयालाई लिएर राजापामा बिबाबद बढेको थियो । राजपा महासचिव मनिषकुमार सुमन लगायतले प्रधानमन्त्री ओलीले भाषण गर्ने प्रदेश सभा २ को बैठक कक्ष नै बहिस्कार गरेका थिए । प्रधानमन्त्री ओलीलाई प्रदेश २ को सभामा संवोधन गर्न दिने र नदिने बिषयमा राजपा भित्र देखिएको बिबाद यतिवेला सतहमा पोखिएको हो ।

राजपा संसदीय दलको नेता समेत रहेका मन्त्री सोनलले ओलीको संवोधनमा अवरोध गर्ने वा बिरोध गर्ने कार्यक्रम नराख्न दबाब दिएका थिए । तर, सोनलको सो आग्रह वा ह्वीप अन्य सांसदहरुले टेरेनन । सुमनसहित नौ जना राजपा सांसदे प्रधानमन्त्री ओलीको संवोधन बहिस्कार गरेका थिए । प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत फोरमका नेता हुन् ।

फोरम संघीय सरकारमा नेकपा नेतृत्वको सरकारको सहयात्री दल पनि हो । सभामुख राजपाका नेता सरोजप्रसाद यादब भए पनि उनले समेत ओलीको संवोधनको कार्यसूची तय गरेर मु्ख्य मन्त्री राउतको प्रस्तावलाई स्वीकार गरेका थिए । उनले राजपाका अन्य सांसदलाई वेवास्था गर्दै ओलीको संवोधनको व्यवस्था गरेको भन्दै पार्टी भित्र आलोचना गरिएको छ ।

ओलीको २ नम्वर प्रदेशको स्वागत गर्ने कि बिरोध भनेर राजपाले अझै आधिकारिका निर्णय गरेको छैन् । औपचारिक निर्णय गर्न शुक्रबार बसेको अध्यक्ष मण्डलको बैठक पनि बिना निष्कर्ष स्थगित भएको थियो । २०७४ साल बैशाख ७ गते मधेशकेन्द्रीत ६ वटा दल मिलेर बनेको राजपाले यो बर्षभित्रै महाधिबेशन गर्ने घोषणा गरेपनि हालसम्म सदस्यता बितरण समेत हुन सकेको छैन् । त्यसबेला तमलोपा, सद्भावना, रामसपा, नेसपा, फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टीबीच एकता भएको थियो ।

सम्बन्धित समाचार

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
  • २०७५ भाद्र ११, ०८: ५३

काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...

राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
  • २०७५ भाद्र ११, ०८: ५३

काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...

श्री ८ बालेन शाह प्रश्नभन्दा माथि छैनन् : कांग्रेस
श्री ८ बालेन शाह प्रश्नभन्दा माथि छैनन् : कांग्रेस
  • २०७५ भाद्र ११, ०८: ५३

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भन्ने भाष्य...