चिकित्सकहरु आन्दोलनमा – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

चिकित्सकहरु आन्दोलनमा

काठमाडौं । नेपाल चिकित्सक संघले मुलुकी ऐन संशोधन गर्ने सहमति कार्यान्वयन नभएको भन्दै आइतबारबाट आन्दोलनमा उत्रिएको छ ।

महासंघका महासचिव डा। लोचन कार्कीले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अपराधीको शैलीमा व्यवहार गर्नेगरी आएको मुलुकी ऐनलाई नसच्याएसम्म आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्दै सडक संघर्षमा उत्रनु परेको बताए ।

चिकित्सकलाई अपराधी करार गर्नेगरी आएको ऐनले विरामीहरुको सहज उपचारमा कठिनाई उत्पन्न गर्ने निष्कर्षमा संघ पुगेको हो ।

आइतबार देशैभरीका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द भएका छन् । संघले १५ भदौभित्र ऐन संशोधन गर्ने सरकारी प्रतिबद्धता कार्यान्वयन नभएको आरोप लगाउँदै आन्दोलनका कार्यक्रम थालेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ऐन संशोधन गर्न सकिने जनाए पनि मागलाई संवोधन गर्न कुनै चासो नदेखाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको आन्दोलनकारीले नयाँ विकाल्पलाई बताए ।

सम्बन्धित समाचार

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७५ भाद्र १८, ०९: १३

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...

कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
  • २०७५ भाद्र १८, ०९: १३

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७५ भाद्र १८, ०९: १३

काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...