काठमाडौं । जननायक बीपी कोइराला स्मृति ट्रष्टले यस बर्षको सेनानी सम्मान पुरस्कार कांग्रेसका नेता चक्रप्रसाद बास्तोलालाई प्रदान गर्ने भएको छ । करिव ५ बर्षदेखि अचेत अवस्थामा घरमै उपचार गराइरहेका बास्तोलालाई प्रजातन्त्र स्थापनाको संघर्षमा महत्वपूर्ण योगदान दिए बापत सो पुरस्कार दिने जनाएको छ । पुरस्कारको राशी पचास हजार रुपैयाँ रहेको छ ।
प्रत्येक बर्ष बीपी जयन्तीका अवसरमा ट्रष्टले बीपी साहित्य सम्मान पुरस्कार र सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको छ । एक लाख एक हजार राशीसहितको बीपी साहित्य सम्मान पुरस्कार भने यस बर्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेलाई दिने निर्णय भएको छ । ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्यहरु डा. धुव्रचन्द्र गौतम र सुशीलमान शेरचन समेतको सिफारिस समितिको सर्वसम्मतिबाट यो निर्णय गरिएको जनाएको छ ।
दुवै पुरस्कारहरु बीपी जयन्तिको अवसरमा बीपी ट्रष्टद्धारा २२ भदौमा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवले प्रदान गर्नेछन् । यसअघि २०७१ मा साहित्य सम्मान वरिष्ठ साहित्यकार रत्नशमशेर थापा र सेनानी सम्मान नुतन थपलियालाई तथा २०७२ सालको साहित्यकार गोपाल पराजिुली र सेनानी पुरस्कार तारानाथ कोइरालालाई प्रदान गरिएको थियो ।
२०७३ सालमा यो साहित्य सम्मान पुरस्कार साहित्यकार भुवन ढुगाना तथा सेनानी सम्मान श्यामलाल श्रेष्ठलाई र गत बर्ष २०७४ को सहित्यतर्फको पुरस्कार प्रा.डा. अभि सुवेदी र सेनानी सम्मान दाङका तीर्थराज चैतुलाई प्रदान गरिएको थियो ।
ट्रष्टको अध्यक्षमा बीपी पुत्र श्रीहर्ष कोइराला छन् भने पदाधिकारी तथा सदस्यहरुमा कांग्रेस महामन्त्री डा. शशांक कोइराला, पूर्वसभाषद्हरु रामचन्द्र पोख्रेल, पुरुषोत्तम बस्नेत, पूर्व सासदहरु किरण यादब र सुशीलमान शेरचना, बाष्ठि साहित्यकार धु्रवचन्द्र गौतम र डा. ज्ञानु पाण्डे छन् ।
चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...
काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...
काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...