४३औं प्रधानसेनापतिमा महारथी पूर्णचन्द्र थापा – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

४३औं प्रधानसेनापतिमा महारथी पूर्णचन्द्र थापा

काठमाडौं । वर्तमान प्रधानसेनापति श्री राजेन्द्र क्षत्री भाद्र २४ गतेबाट औपचारिक रुपमा निवृत्त हुन लाग्नु भएकोले दोस्रो वरियता क्रममा रहनुभएका कामु प्रधानसेनापति श्री पूर्णचन्द्र थापा भाद्र २४ गतेबाट औपचारिक रुपमा प्रधानसेनापति महारथीमा बढुवा हुनुभएको छ ।

नेपाली सेनाको ४३औं प्रधानसेनापतिका रुपमा थापालाई नियुक्त गर्ने निर्णय यस अगाडि साउन १० गतेको मन्त्रिपरिषदको बैठकबाट भइसकेको थियो ।

त्यसैले नेपाली सेनाको परम्परा अनुसार निवृत्त हुन लाग्नु भएका प्रधानसेनापति महारथी राजेन्द्र क्षत्री साउन २४ गतेबाटै विदामा बस्नु भएको हुँदा रथी थापालाई कायममुकाम प्रधानसेनापतिको जिम्मेवारी दिइएको थियो ।

भाद्र २४ गते विहानै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी कायममुकाय प्रधानसेनापति श्री पूर्णचन्द्र थापालाई दज्र्यानी चिन्ह प्रदान गर्नुभए पश्चात औपचारिकरुपमा श्री पूर्णचन्द्र थापाले प्रधानसेनापति महारथीको कार्यभार सम्हाल्नु भएको हो ।

वि.सं. २०१७ साल भदौ २५ गते लमजुङको गाउँसहरमा जन्मिनुभएका नवनियुक्त प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा वि.सं. २०३६ सालमा नेपाली सेनाको अधिकृत क्याडेटबाट नेपाली सेनामा प्रवेश गर्नुभएको थियो ।

नवनियुक्त प्रधानसेनापति थापा सेनाभित्रको सबै विभाग र कार्यालयहरुको नेतृत्व लिइसक्नुभएकोले नेपाली सेनाभित्रको अब्बल सैनिक अधिकृतको रुपमा परिचित हुनुुहुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट दज्र्यानी चिन्ह प्रदान पश्चात सैनिक मुख्यालय जंगी अड्डामा गई आइतबारबाटै नेपाली सेनाको कमाण्ड सम्हाल्नु भएको छ ।

सम्बन्धित समाचार

बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
  • २०७५ भाद्र २५, ०६: ४२

काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
  • २०७५ भाद्र २५, ०६: ४२

काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७५ भाद्र २५, ०६: ४२

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...