
चितवन । चितवन जिल्लामा कोभिडविरुद्धको खोप लगाउन चाहने नागरिकहरुको संख्या कम हुँदै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार खोप कार्यक्रमहरु संचालन हुँदै आएपनि लगाउन आउनेको संख्यामा कमी आएको हो ।
जिल्लामा लगभग ८० प्रतिशतले कोरोनाको खोप लगाइसकेको र बाँकी हुनेहरुका लागि हरेक हप्ताको बिहीबार स्वास्थ्य कार्यालय परिसरमा खोप लगाउने व्यवस्था गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दिपकप्रसाद तिवारीले बताएका छन् ।
स्वास्थ्य प्रमुख तिवारीका अनुसार हालसम्म जिल्लामा पहिलो मात्रा तीन लाख ११ हजार ८८९ जनाले लगाएका छन् । दुई लाख ५९ हजार ९७७ जनाले पूर्णमात्रामा खोप लगाएको उनले बताए । यसमध्े कोभिसिल्ड ५८ हजार ३२१ जना, भेरोसेल एक लाख ६३ हजार ८८ जना र जोन्सन ३८ हजार ५६८ जनाले पूर्ण खोपको मात्रा लगाएका हुन् ।
जिल्लामा पहिलो मात्रा कोभिडसिल्ड ३९ हजार ९२१, भेरोसेल दुई लाख ३१ हजार ११ र एस्ट्राजेनिका ४० हजार ९५७ जनाले लगाएको प्रमुख तिवारीले बताए ।
पहिले पहिले खोपको निकै माग हुने गरेकामा अब खोप लगाउन छुटेकाहरुको खोजी गर्नुपर्ने दिन आएको छ उनले बताए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...