
नयाँ विकल्प,
काठमाडौं – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन को सम्भावित जोखिम कम गर्न सरकारले अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
अफ्रिकामा नयाँ भेरियन्ट ओमिक्रोन फैलिएकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि अफ्रिकी नागरिकलाई प्रवेशमा रोक लगाएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।
गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई कुटनीतिक, अफिसियल र आपत्कालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
यस्तै अफ्रिकी देश हुँदै यात्रा गरेका अरू देशका नागरिकलाई कोरोना परीक्षणको रिपोर्ट र औचित्यका आधारमा निर्णय लिन निर्देशन दिइएको र स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर थप कडाइका व्यवस्थाहरु गर्ने बताइएको छ ।
दक्षिण अफ्रिकामा कोभिड–१९ भाइरसको नयाँ भेरियन्ट भेटिएपछि नेपालले पनि सतर्कता अपनाउने भएको छ । अबदेखि दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुले एक हप्ता अनिवार्य क्वारेन्टाइन बस्नु पर्ने नियम स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नयाँ भेरियन्ट ओमिक्रोनलाई विश्व स्वास्थ्य सङ्गठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनिवार्य क्वरेण्टीनको व्यवस्था गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले जानकारी दिए ।
नेपालले अहिले खोप नलगाइ आउने यात्रुहरूलाई एक हप्ताको क्वरेण्टीन अनिवार्य गरे पनि पूर्ण मात्रामा खोप लगाइसकेका यात्रुहरूलाई होटेल क्वरेण्टीन अनिवार्य गरेको छैन ।
विदेशबाट आउने यात्रुहरूलाई विमानस्थलमा एन्टिजेन परीक्षण गर्ने गरिएको छ ।
विश्व यस्तै स्वास्थ्य संगठनले (डब्ल्यूएचओ)ले आज प्रेसविज्ञप्ति जारी गर्दै नेपालसहित दक्षिण पूर्वी एसीया क्षेत्रका देशलाई नयाँ भेरियन्टको जोमिख उच्च रहेकोले सर्तकता अपनाउन आग्रह गरेको छन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...