प्रदेश कमिटी बनाउँदा नेकपामा रडाको – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

प्रदेश कमिटी बनाउँदा नेकपामा रडाको

काठमाडौं । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र अर्का नेता नारायणकाजी श्रेष्ठ नभएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा रडाको मच्चिएको छ ।

नेपाल र श्रेष्ठ नभएको मौका छोपेर अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मात्र सहमतिमा प्रदेश कमिटी निर्माण गर्ने निर्णय गरिएको खुलासा भएको छ । यो निर्णयपछि पार्टीभित्र प्रणाली समाप्त भएको टिप्पणी उनीहरुले गरिरहेका छन् ।

केही समयअघि मापदण्ड परिमार्जन गरेर पार्टीमा वरिष्ठतालाई ख्याल गरेर निर्णय टुंग्याउने जिम्मा ओली र दाहाललाई दिएको थियो । प्रदेश कमिटीको टुंगो लगाउन स्थायी समितिमा छलफल हुनुपर्ने बताउँदै नेकपाभित्र असन्तुष्ट चर्किएको हो । प्रदेश संगठन कमिटीको नेतृत्वमा पूर्वएमालेबाट १५ र माओवादीबाट १३ जना नेतालाई जिम्मेवारी दिइएको छ ।

एकताको निर्णय कुनै प्रणालीका आधारमा नगरिएकाले कम्पनीको एकीकरणजस्तो भएको आरोप लागेको छ । एकीकरणको निर्णयपछि प्रदेश १ का अध्यक्षमा दाबेदार रहेका जगन्नाथ खतिवडाले एकता प्रक्रियाप्रति कडा आपति जनाएका छन् । नेकपाको प्रदेश संगठन कमिटीको नेतृत्वमा अध्यक्ष केपी ओली नै हाबी देखिएका छन् ।

उनी निकट १० नेताले जिम्मेवारी पाएका छन् । जसअनुसार इन्चार्जको जिम्मेवारी २ नम्वर प्रदेशका सत्यनारायण मण्डल, गण्डकी प्रदेशका पृथ्वी सुब्बा गुरुङ र ५ नम्वर प्रदेशका शंकर पोखरेल, सहइन्चार्जको जिम्मेवारी गण्डकी प्रदेशका खगराज अधिकारी, अध्यक्षमा १ नम्वर प्रदेशमा क्रमशः देवराज घिमिरे, कर्णाली प्रदेशमा गोरखबहादुर बोगटी र सात नम्वरमा कर्णबहादुर थापा, सचिवहरू क्रमशः तीन नम्वर प्रदेशमा आनन्दप्रसाद पोखरेल, चार नम्वर प्रदेशमा गोविन्द नेपाली, २ नम्वर प्रदेशमा सुमन प्याकुरेल अध्यक्ष ओली निकट हुन् ।

यस्तै, अर्का अध्यक्ष प्रचण्ड निकट आठ जनाले जिम्मेवारी पाएका छन् । इन्चार्ज जनार्दन शर्मा कर्णाली प्रदेश, सहइन्चार्ज हितबहादुर तामाङ तीन नम्वर प्रदेश, अध्यक्षहरू नारायण दाहाल तीन नम्वर प्रदेश, प्रभु शाह २ नम्वर प्रदेश, हितराज पाण्डे गण्डकी प्रदेश र ओनसरी घर्ती पाँच नम्वर प्रदेश तथा सचिवहरू सुरेश राई एक नम्वर प्रदेश र जगप्रसाद शर्मा ५ नम्वर प्रदेश प्रचण्ड निकट छन् ।

यस्तै, वरिष्ठ नेता माधकुमार नेपाल पक्षका तीन जना अष्टलक्ष्मी शाक्य तीन नम्वर प्रदेश, भीमबहादुर रावल सात नम्वर प्रदेश, भीम आचार्य एक नम्वर प्रदेशले इन्चार्जको जिम्मेवारी पाएका छन् । पूर्वएमालेतर्फ ओली र नेपालबाट ३ र ३ जना इन्चार्ज भए पनि बाँकी नेतृत्वमा रहेका भने कोही पनि नेपाल निकट होइनन् ।

केन्द्रीय सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ निकट चार जनाले जिम्मेवारी पाएका छन् । जसअनुसार सहइन्चार्ज सावित्रीकुमार काफ्ले एक नम्वर प्रदेश र लक्ष्मण जोशी सात नम्वर प्रदेश तथा सचिवहरू मायाप्रसाद शर्मा कर्णाली र मेपबहादुर चौधरी ७ नम्वर प्रदेश उनी निकट हुन् । यसैगरी, सचिवालय सदस्य वामदेव गौतम निकट दुई जना यमलाल कँडेल कर्णाली प्रदेश र दलबहादुर राना पाँच नम्वर प्रदेशले सहइन्चार्जको जिम्मेवारी पाएका छन् । अर्का नेता नारायणकाजी श्रेष्ठ निकट विश्वनाथ शाहले २ नम्वर प्रदेशमा सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।

नेपाल, बादल र श्रेष्ठ समूह असन्तुष्ट सचिवालयबाट परिमार्जित मापदण्डका आधारमा तल्ला कमिटीको नेतृत्व टुंग्याउनुपर्ने नेता नेपाल, झलनाथ खनाल, बादल र नारायणकाजी श्रेष्ठले अडान राख्दै आएका थिए । तर, नेपाल र श्रेष्ठ विदेश भ्रमणमा रहेकै बेला बिनामापदण्ड प्रदेशको नेतृत्व टुंग्याइएको बताउँदै उनीहरू निकट नेताहरूमा असन्तुष्टि छाएको छ । दुवै पार्टीका साविकका कमिटीमा वरिष्ठतामा अगाडि रहेकालाई नेतृत्वमा प्राथमिकता दिनुपर्ने उनीहरूले अघिल्लो सचिवालय बैठकमा अडान राखेका थिए ।

प्रदेश १ मा अध्यक्ष तथा ४ र ५ मा मुख्यमन्त्रीलाई नै इन्चार्जको जिम्मेवारी तोकिएकामा नेता नेपालसहित उनीहरू असन्तुष्ट बनेका हन् । सरकारको कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेकालाई नै पार्टीमा पनि कार्यकारी जिम्मेवारी दिने कुराले न्यायोचित जिम्मेवारी बाँडफाँट नभएको र महत्वपूर्ण नेताहरू अवसरबाट वञ्चित भएको उनीहरूको तर्क छ ।

आफ्नो फेसबुक स्ट्याटसमा खतिवडाले ‘पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठजस्ता सचिवालयका महत्वपूर्ण सदस्यहरू नभएको मौका पारी अचानक प्रदेश पार्टी एकीकरण सम्पन्न गर्न नेतृत्व चयन गरेको भनेर समाचार सार्वजनिक भएको छ । तर, कुनै उचित आधार तथा मूल्यांकनको प्रणाली कमिटीगत निर्णयबाट स्वीकृत नै नगरी, अनिवार्य निर्णय गर्नुपर्ने स्थायी कमिटीलाई अवमूल्यन गरेको देखिने गरी र मनोमानी पजनी गरेको प्रष्ट देखिने गरी यस्तो निर्णय भएको हो नै भने पार्टीको आन्तरिक जीवन प्रणालीका लागि यो सकारात्मक संकेत होइन ।’

पार्टीको आन्तरिक प्रतिस्पर्धामा पक्ष÷विपक्षमा भएका कारणले पूर्वाग्रहवस किनारा लगाउने प्रवृत्ति जीवित राख्न प्रयास गरेकै हो भने परिस्थिति विस्फोटक बन्न सक्छ । संक्रमणकालीन व्यवस्थाहरूका नाममा जे पायो त्यही नगर्न र सिन्डिकेट नचलाउन नेतृत्वको ध्यानाकर्षण गर्न चाहन्छु भन्दै उनले आपत्ति जनाएका छन् ।

बादल निकट भनिएका कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले भने सो पद त्याग गरेका छन उने आफूलाई इन्चार्ज दिने भनेर नदिएको र आफूभन्दा जुनियर गोरखबहादु बोगटीलाई प्रदेशको अध्यक्ष दिइएको भन्दै पद अश्विकार गरेका हुन् ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ आश्विन ८, १०: २६

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

वर्षाले देशभरका विभिन्न राजमार्ग अवरुद्ध
वर्षाले देशभरका विभिन्न राजमार्ग अवरुद्ध
  • २०७५ आश्विन ८, १०: २६

काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...

आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
  • २०७५ आश्विन ८, १०: २६

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...