धनगढी । प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णयविरुद्ध शनिबारबाट अनिश्चितकालीन धनगढी बन्द आह्वान गरिएको छ । अनिश्चितकालीन बन्दकोकारण दशैंको मुखमा बिभिन्न स्थाबाट आउने यात्रुहरु मारमा परेका छन् । रात्री बसहरुलाई जिल्लामा भित्रिन दिइए पनि दिवा सेवाका लामो दुरीका कुनै पनि गाडीहरु चल्न सकेका छैनन् ।
साँझ पाँच बजेपछि मात्रै लामो दुरीका गाडीहरु चल्न दिइने बन्दकर्ताको भनाइ छ । मोटरसाइकल चलाउन भने छुट दिइएको छ तर रिक्सा, अटो रिक्साहरु खासै चलेका छैनन् । बन्दकर्ताहरुले बिहानैदेखि बजारमा माइकिङ गर्दै बन्द सफल पार्न आह्वान गरिरहेका छन् । उनीहरुको आग्रहपछि रिक्सा, अटो रिक्सा चालकहरु ग्यारेजमै फर्किएका छन् ।
उद्योग कलकारखाना र शिक्षण संस्था सार्वजनिक विदाको दिन प्राय बन्द नै हुने भएकाले शनिबार खासै प्रभावित भएका छैनन् भने धनगढी बजार बन्द छ । बन्दको बेला सुरक्षा व्यवस्था कडा पारिएको छ । सशस्त्र र नेपाल प्रहरीको टोली ठाउँ ठाउँमा परिचालन गरिएको छ । प्रदेशसभामा शुक्रबार प्रदेश ७ को स्थायी राजधानी गोदावरी नगरपालिकाको वडानम्बर २ मा राख्ने र प्रदेशको नाम सुदूरपश्चिम राख्ने निर्णय दुई तिहाई बहुमतका आधारमा गरिएको थियो ।
आन्दोलनको नेतृत्व गर्दै आएको कांग्रेसले प्रतिपक्षको उपस्थिति बिना गरिएको निर्णय मान्य नहुने बताउँदै आएको छ । आन्दोलनको नेतृत्वकर्ता स्थानीय कांग्रेस नेता हरि रेग्मीले भने, ‘दुई तिहाइको दम्भबाट प्रतिपक्षी दलको उपस्थितिविना प्रदेशको नाम र राजधानी तोक्ने निर्णय गरिएकाले हामीलाई मान्य छैन ।’
प्रदेशसभामा राजधानी र नामको लागि भएको मतदानमा प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले भाग लिएका थिएनन् । त्यसअघि प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले बैठक बहिस्कार गरेपनि सत्तापक्षकै सांसदको उपस्थितिमा संसदीय समितिको प्रस्तावलाई बैठकले छलफलका लागि पास गरेको थियो धनगढी ।
सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी स्थित तेघरी चुरेसंग जोडिएको जंगलमा तोकिएपछि वन सम्पदा मासेर राजधानी बनाउन नहुने भन्दै धनगढीमा शनिबारदेखि आमहड्ताल सुरु गरिएको छ ।
बन्दकर्ताले विहानैदेखि धनगढी बजार बन्द गराउने गरेका छन् । बन्दका कारण जनजीवन कष्टकर बनेको छ । यातायात, बजार पूर्णरुपमा बन्द गरिएका छन् भने बजारमा अटो रिक्सा समेत चल्नमा कडाइ गरेका छन् ।
बन्दकर्ता विभिन्न चोकचोकमा जम्मा भएर नाराबाजी गरिरहेका छन् । प्रदेश राजधानी उक्त क्षेत्रमा सार्ने निर्णयले गोदावरीको जैविकमार्ग र वन क्षेत्र विनास हुने भन्दै प्रदेश सरकारको धनगढीमा व्यापक आलोचना गरिएको छ । धनगढी बजार पुरै बन्द गरिएको छ ।
ट्राफिक चोक, सहिद गेट र बोराडाँडीमा बन्दकर्ताले यातायाका साधन चल्न दिएका छैनन् । शुक्रबार अपरान्ह विज्ञप्ति जारी गर्दै संघर्ष समितिले प्रदेशसभामा प्रतिपक्षी दलका सांसदहरुसँग छलफल नै नगरी, बाहिर भइरहेको आन्दोलनको परवाह नै नगरी प्रस्ताव पास गरिएको आरोप लगाएको छ । प्रदेशसभाको दुई तिहाई बहुमतले शुक्रबार प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी नगरपालिकाको वडा नम्बर २ र ४ मा पर्ने निर्णय पारित गरेको थियो ।
प्रदेश सभामा दर्ता भएको प्रस्तावमा राजधानीका लागि तेघरीस्थित नेपाली सेनाको ब्यारेकदेखि उत्तर–पश्चिम, गोदावरी सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व, गोदावरी बजारदेखि दक्षिण चार किल्ला भएको क्षेत्र तोकिएको छ । यसैबीच आन्दोलनकारीहरुलाई सरकारले धरपकड गर्दै केहीलाई गिरप्mतार गरेको समाचारदाताहरुले बताएका छन् ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...
काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...