नेकपामा चीन जानेको लर्को – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

नेकपामा चीन जानेको लर्को

काठमाडौ । पछिल्लो समयमा छिमेकी देश चीनको औपचारिक र अनौपचारिक भ्रमण गर्ने सरकारी टोली र पत्रकारको तुलनामा नेकपामा त्यसमा पनि पुरानो एकीकृत नेकपाका नेताहरु बढी देखिएका छन् । सेप्टेम्वर महिनामा मात्र पूर्वमाओवादी नेताहरुले एकपछि अर्को गर्दै उच्चस्तरिय र सरकारी भ्रमण गरिरहेका छन् ।

एक महिनाअघि भारतको भ्रमण सकेर नेपाल फर्किएका नेकपामा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चिनियाँ राष्ट्रपति सि जिन पिङसाग भेट गर्ने भन्दै एयरपोर्टमा संचारकर्मीसँग ठाँटका साथ बोलेका थिए । उनी चीन जान त गए तर सि जिनलाई भेट्ने समय पाएनन् । भेट गर्न नपाएर प्रचण्ड नेपाल फर्किएको भोलीपल्टै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ आधा दर्जनलाई पछिलगाउँदै चीन तिर हानिएका थिए ।

नारायणकाजी चीन भ्रमणबाट फर्किएको तीन दिन पछि गत भदौ २१ मा माओवादीका पूर्व नेता तथा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा सांसदको टोली र संसद सचिवालयका कर्मचारी लिएर चीनको ल्हासा लगायतका शहरको भ्रमणमा निश्किए । संसदमा १७ वटा मौलिक हक सम्वन्धी कानुन बिचाराधिन अवस्थामा रहेकै बेला भ्रमण गरेका सभामुख महरा एक सातापछि नेपाल फर्किएका थिए ।

महरा नेपाल फर्किएको साता नवित्दै उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ चीनको एक साता लामो भ्रमणमा निस्किए । पुनः चीनबाट आएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चीन भ्रमण गरेर शनिबार फर्किएका छन् । उनी नफर्किदै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ चीन तिर पुगीसकेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रमणको तेस्रो दिन शुक्रबार चीनकै ठूलो आर्थिक क्षेत्र, पशु प्रजनन केन्द्र, तरकारी तथा फलफूल चिस्यान केन्द्र, गुणस्तर निर्धारण केन्द्रको प्रयोगशाला लगायतको अवलोकन गरेको जनाइएको छ ।

मुख्यमन्त्री गुरुङले चीनको हाइनान प्रान्तका गभर्नर जिआमेन सिनसँग भेटवार्ता गरेका थिए। भेटमा गण्डकी प्रदेशको विकासको सम्भावना, योजना र सहयोगका क्षेत्रबारे छलफल भएको जनाइएको छ । उता कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफनो पहिलो चीन भ्रमण द्विपक्षीय हित र प्रदेशको विकासका लागि अन्तर्राष्ट्रिय लगानीको वातावरण वनाउन निकै उपलब्धीपूर्ण भएको दाबी गरेका छन् । उनले हिल्सा–जमुनाहा द्रूतमार्ग निर्माणका लागि संभाव्यता अध्ययन गर्न प्रारम्भिक सहमति भएको दाबी गरे ।

‘चाइना रेलवे कम्पनीसँग भएको प्रारम्भिक सहमति अनुसार सम्भाव्यता अध्ययन पछि प्रतिवेदन प्रदेश सरकारलाई बुझाउँछ।’ मुख्यमन्त्री शाहीले भने, ‘केन्द्र सरकारसँग सम्झौतापछि यो द्रूतमार्ग निर्माणको काम अगाडि बढ्नेछ ।’ मुख्यमन्त्री शाही चार सदस्यीय टोलीसहित प्रदेश सरकार बनेपछि पहिलो औपचारिक विदेश भ्रमणका रुपमा चीन पुगेर फर्केका हुन् ।

एक महिना अघि मात्र कांग्रेसकी केन्द्रीय सदस्य तथा नेतृ सुजाता कोइारलाले डा. मिनेन्द्र प्रसाद रिजालको नेतृत्वमा कांग्रेसका एक दर्जन सांसद चीन भ्रमणमा पठाएकी थिइन् । दुई महिनाअघि भने संघीय समाजवादी फोरमले आफ्ना एक दर्जन नेतालाई चीन प्रभणमा पठाएको थियो ।

सम्बन्धित समाचार

नेपालमा बाघको संख्या ४२९
नेपालमा बाघको संख्या ४२९
  • २०७५ आश्विन १५, ०७: ५४

काठमाडौं : पछिल्लो गणनाअनुसार नेपालमा बाघको संख्या ४२९ पुगेको छ । विश्व बाघ दिवसका अवसरमा आज कृषि, वन तथा पर्यावरण...

राजनीतिक दलहरूको संयुक्त अपिल- शान्ति र सद्‍भाव कायम राखाैं
राजनीतिक दलहरूको संयुक्त अपिल- शान्ति र सद्‍भाव कायम राखाैं
  • २०७५ आश्विन १५, ०७: ५४

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकले देशमा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम...

कोहलपुरमा सेप्टिक ट्यांकीमा निसास्सिँदा ३ जनाको मृत्यु
कोहलपुरमा सेप्टिक ट्यांकीमा निसास्सिँदा ३ जनाको मृत्यु
  • २०७५ आश्विन १५, ०७: ५४

​​​​​​​ काठमाडौं : बाँकेको कोहलपुरमा निर्माणाधीन सेप्टिक ट्यांकीभित्र काम गर्ने क्रममा निसास्सिएर ३ जना मजदुरको ज्यान गएको छ । जिल्ला...