घरदैलो अभियान चलाएर भए पनि लक्षित समूहलाई खोप लगाउन प्रधानमन्त्रीको आग्रह – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

घरदैलो अभियान चलाएर भए पनि लक्षित समूहलाई खोप लगाउन प्रधानमन्त्रीको आग्रह

नयाँ विकल्प,

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले लक्षित समूहलाई कोरोनाविरुद्धको खोप लगाउन घरदैलो अभियान सञ्चालन गर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरेका छन् ।

सोमवार प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्रीहरुसँग छलफल गर्दै लक्षित समूहलाई कोरोनाविरुद्धको खोपमा पहुँच पुर्‍याउनका लागि घरदैलो अभियान सञ्चालन गर्न मुख्यमन्त्रीहरूलाई आग्रह गरेका हुन् ।

सरकार सबै नेपालीलाई खोप दिन तयार रहेको र खोपको अभाव नरहेको भन्दै प्रधानमन्त्री देउवाले खोप अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले बताए। मन्त्री खतिवडाले पुस महिनाभित्रमै खोप लगाउनेहरूको प्रतिशतमा वृद्धि हुने विश्वास पनि व्यक्त गरे ।
।

खोप केन्द्र वृद्धि गर्नुपर्ने र तीनै तहको सरकारका साथसाथै जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, विभिन्न सङ्घ–संस्था, क्लबको समेत सहयोग लिएर कोरोनाविरुद्धको अभियानमा लाग्नुपर्नेमा छलफलमा जोड दिइएको पनि मन्त्री खतिवडाले बताए ।

उनले अहिले १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई खोप लगाइरहेकोमा गैरविद्यार्थीले पनि सम्बन्धित पालिका वा वडाको सिफारिसमा सम्बन्धित खोप केन्द्रमा गएर खोप लगाउन सकिने बताए । ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ पुष ५, २०: ५९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ पुष ५, २०: ५९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७८ पुष ५, २०: ५९

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...