धुलिखेल । केही समय देखि थान्को लागेको टिप्पर आतंक फेरि सुरु भएको छ । एकताका काठमाडौं उपत्यका र आसपासका जिल्लामा टिप्परले मोटरसाइकल तथा स्कुटरलाई ठक्कर दिँदा थुप्रैले मृत्युवरण गरे ।
त्यो बेला ती घटनाक्रमलाई लिएर दुर्घटना बढेको भन्दा पनि टिप्पर आतंकको नाम दिइयो । हाल फेरि टिप्परले मोटरसाइकल चालक र सवार व्यक्तिको ज्यान लिन शुरु गरेको छ ।
शनिबार मात्रै काभ्रेको पाँचखाल नगरपालिकास्थित तीनपिप्लेको मोडमा बा ३ क ६४२ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । तीनपिप्लेकै कमल गौतमकी श्रीमती ५६ की रञ्जना गौतमको दुर्घटनामा मृत्यु भएको हो । मोटरसाइकल चालक श्रीमान कमल घाइते भएका छन । तर, पछाडि बसेकी श्रीमती रञ्जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । टिप्परले मान्छे मार्न थालेपछि काठमाडौँ उपत्यकामा भने दिउँसो सञ्चालनमा रोक लगाइएको छ ।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...