
नयाँ विकल्प,
काठमाडौं– नेपालमा थप एक जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । जिन सिक्विन्सिङका क्रममा एक जना ९८ वर्षका पुरुषमा ओमिक्रोन भेरियन्ट देखा परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको छ ।
ओमिक्रोन भेरियन्ट संक्रमित वृद्धको आइसेलनशमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि हुनेको सङ्ख्या तीन जना पुगेको छ ।
यसअघि डिसेम्बर ६ तारिखमा दक्षिण अफ्रिकाबाट नेपाल आएका एक विदेशी र उनको सम्पर्कमा आएका अर्का व्यक्तिमा ओमिक्रोन भेरिअन्ट देखिएको थियो ।
अहिले सङ्क्रमण पुष्टि भएका व्यक्तिसँग सम्पर्कमा रहेकाहरूको पनि जाँच गर्ने काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा दुई सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार दुई ३३ जनाको पीसीआर परीक्षण गर्दा दुई सय १७ जना र चार हजार ४३ जनाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई ७२ जना कोरोनामुक्त भएका छन् । यही दुई जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...