काठमाडौं । नेपाल विद्युत् प्राकिरणमा रहेका सहायक कम्पनीले आफ्ना निर्माणाधीन आयोजनाहरुमा १ खर्बको स्वदेशी पुँजी जुटाउने भएका छन् । करिब ७ सय २६ मेगावाटका परियोजनाहरुमा स्वदेशबाटै १ खर्बको पुँजी सुनिश्चित भएर आयोजनाहरु धमाधम बनिरहेका छन् ।
प्राधिकरणका स्टिमर कम्पनीहरुले बनाइरहेका आयोजनामा सर्वसाधारणको सेयर मात्रै १८ अर्ब रुपैयाँको हुनेछ । बाँकी स्रोत भने आन्तरिक रुपमा व्यवस्था गरिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार तामाकोसीमा मात्रै सर्वसाधारणले १० अर्ब लगानी गर्दैछन् भने चिलिम अन्तरगतका ४ आयोजनामा ८ अर्ब बराबरको लगानी सर्वसाधारणले सेयरमार्फत नै गर्नेछन् ।
‘निर्देशकका अनुसार, हामी यी निर्माणधीन सबै आयोजनाको सेयर वितरणलाई तीव्र बनाइरहेका छौं, यसै वर्ष सबै सेयर बाँड्न सकिने बताए । एक खर्बको स्वदेशी लगानीमा बन्ने आयोजनाहरुले अर्को १ हजार मेगावाटको परियोजना बनाउने बताए ।
२० मेगावाटको चिलिमले २७० मेगावाटको अरु आयोजना बन्ने आधार बनाएको र अब तामाकोसी बनेपछि स्वदेशी पुँजीबाट बन्ने आयोजनाको प्रवर्द्धन अझै सहज हुने बताए ।
चिलिमे जलविद्युत कम्पनी लिमिटेडले हाल १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना, १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजना, १४। ८ मेगावाटको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको तल्लो साञ्जेन जलविद्युत् आयोजना बनाउँदैछ । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना पनि प्राधिकरणकै अन्तरगत सहायक कम्पनीले बनाउँदैछ ।
यी आयोजनामा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, राष्ट्रिय बीमा संस्थान, सर्वसाधारण, आयोजना क्षेत्रका प्रभावित स्थानीयको लगानी छ । अब यस्ता आयोजनाहरु स्वदेशी पुँजी जुटाएर बनाउन सकिनेमा सरकार विश्वस्त भएकाले ऊर्जामन्त्री वर्षमान पुनले ३ हजार मेगावाटको आयोजना जनताकै लगानीमा निर्माण गर्ने घोषणा गरेका छन् । यस्ता आयोजनाहरु छनोट भएर अहिले विकासका चरणमा छन् ।
तामाकोसी ५, अपर अरुण, दूधकोसी लगायतका आयोेजनामा प्राधिकरणले जनताकै लगानी ल्याउनेछ । यि आयोजनाहरुको विस्तृत परियोजना प्रतिवेदन तयार भएर टेण्डरको प्रक्रियामा छन् ।
काठमाडौं : नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज र कप्तानगञ्जमा भएका दुःखद घटना र त्यसपछिको तनावपूर्ण परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक...
काठमाडौं : स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति...
काठमाडौँ । नेपालमा पाटेबाघ (रोयल बंगाल टाइगर) को अनुमानित संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले...