काठमाडौं । सर्लाहीको रामनगर–४ मा नेपाली कांग्रेसका कार्यकर्ता ५५ वर्षीय रामविलास महतोको गोली हानी हत्या गर्ने मध्येका एक नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता उपेन्द्र राय यादवलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले भारतीय सीमा क्षेत्रबाट उनलाई पक्राउ गरेको हो ।
रामनगर घटनामा नेकपाका १५ जना कार्यकर्ताविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा किटानी जाहेरी दर्ता गरिएको थियो ।
जसमध्ये गोली चलाउने दुईजना रहेको जनाइएको छ । यद्यपी उनीहरुको नाम भने खुलाइएको छैन् । रौतहट सीमा क्षेत्रबाट पक्राउ परेका उपेन्द्र घटनाको मतियार रहेको अभियोग छ । सो घटनाको बिरोधमा कांग्रेसले सर्लाही बन्दको समेत घोषणा गरेको छ । कांग्रेसले शनिबार जिल्लाका सबै स्थानीय तहहरुमा मशाल जुलुस प्रदर्शन गरेको छ । रामविलासलाई सहिद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेहरुको निःशुल्क उपचार र दोषीलाई कारबाहीको माग राख्दै कांग्रेसले आइतबार सर्लाही बन्दको घोषणा गरेको हो ।
रामनगर गाउँपालिका वडा नं. ४ मा काँग्रेसका कार्यकर्ता रामविलास महतोको हत्या र ७ जनालाई घाइते बनाएको बिरोधमा सर्लाही कांग्रेस आन्दोलनमा उत्रिएको हो । शनिबार पनि कांग्रेसले सर्लाही सदरमुकाम मलंगवासहित सबै स्थानीय तहमा राके जुलुस निकालेको छ । कांग्रेसका तर्फबाट रामनगर वडा नं. ४ का निर्वाचित वडाध्यक्ष रामनरेश महतोका काका ५५ वर्षिय रामबिलास महतोको मुख र पेटमा गोली हानि नेकपा कार्यकर्ताहरुले ज्यान लिएका थिए । आक्रमणमा सोही वडाका महदेव राय, बिबेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारयण महतो, प्रेम नारायण महतो, मुकेशप्रसाद महतोलाई गोलीको छर्रा लागि घाइते भएका थिए ।
प्रदर्शनकारीहरुले गृहमन्त्री राजीनामा दे, कम्युनिष्ट अधिनायकबाद मुर्दाबाद, मृतक रामविलासलाई सहिद घोषणा गर, पिडितलाई क्षतिपुर्ति दे, दोषीलाई पक्राउ गरी छिटै सार्वजनिक गर, लगायतका नारा लगाएर विरोध प्रदर्शन गरिएको थियो । सर्लाही कांग्रेसले हिजो आइतबार जिल्ला बन्द र एक घण्टा ११ देखि १२ बजेसम्म पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरमा सडक जाम गरेको जिल्ला सभापति नागेन्द्र राय यादवले जानकारी दिए ।
नेकपाका कार्यकर्ताहरुले रामविलासको हत्या गर्नु अघि वडा अध्यक्ष रामनरेस महतोलाई वडा कार्यालय जाँदै गर्दा उनीसहित सात जनालाई आक्रमण गरी बाटोमै घाइते बनाएका थिए । वडाअध्यक्ष महतोको खुट्टा भाँचेका थिए । रामनगर गाउँपालिकाको वहुअर्वाका स्थायी वासिन्दा महतोको हत्या गरेपछि यतिवेला नेकपाका कार्यकर्ताहरु नेकपाका नेता तथा पूर्वसांसद शिवपुजन रायको घरमा आश्रय लिइरहेका छन् । हत्या काण्डको मुख्य अभियुक्त पूर्वसांसद शिवपुजन राय नै भएको सर्लाही क्षेत्र नं ४ का सांसद डा.अमरेसकुमार सिंहले बताए । सिंहले भनेबमोजि यतिवेला रामनगर गाउँ सुनसान भएको छ ।
हुलका हुल वाँधिएर कांग्रेसका वडाध्यक्षको घर घेराउ गर्न आएकाहरुले रामनरेसका काका रामविलास महतोको गोली हानी हत्या गरेका थिए भने सात जनालाई गोलीको छर्रा लागेको थियो । अघिल्लो दिन वडाध्यक्षमाथि भएको घटनालाई लिएर प्रहरीले सुरक्षा सतर्कत नअपनाउँदा यस्तो घटना भएको सांसद सिंहले दाबी गरे । प्रहरीले भने अघिल्लो दिन घटना भएको वरपरको क्षेत्रमा मात्र सुरक्षा दिएको भनेर झारा टारेको छ ।
वडाध्यक्ष महतोको घरलाई प्रहरीले सुरक्षा दिन नसक्दा यतिवेला रामनगर गाउँ मात्र होइन, सिंगो सर्लाही जिल्ला आतंकित बनेको छ । नेकपाका सयौ कार्यकर्ताहरु प्रहरीले गिरफ्तार गर्ने डरले भागेर सीमावर्ती भारतिय गाउँ पसेका बताइन्छ । प्रहरीले हत्या गर्ने अभियुक्तलाई प्रक्राउ गर्न नसकेपछि मृतको शव समेत आफन्तले बुझेका छैनन् । अस्पतालमा शव पोष्टमार्टम गरी त्यही राखिएको छ ।
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...
काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...