मन्त्री अधिकारीको बेलायतको भिसा नै किन च्यातियो ? – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

मन्त्री अधिकारीको बेलायतको भिसा नै किन च्यातियो ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको भिसा च्यातिएको अवस्थामा भेटिएको छ । मन्त्री अधिकारीको सचिवालयले पनि भिसा च्यातीएको र रातो मसीले क्रस गरेको अवस्थामा पाइएको जनाएको छ । विश्व पर्यटन मेलामा नेपालको तर्फवाट सहभागि हुन वेलायत जाने तयारीमा रहेका मन्त्री अधिकारी भिसाको यस्तो हालत देखेर चकित समेत परेका छन् ।

मन्त्री अधिकारीको राहदानी संकलन गर्न काठमाडौंस्थित भिएचएफ कार्यालय पुगेका मन्त्रालयका कर्मचारीलाई च्यातिएको र रातोमसीले क्रस गरेर भिसा थमाएका थिए । प्रहरी समक्ष काठमाडौँस्थित भिसा वितरक सस्था भीएचएफले गल्ति स्वीकार गर्दै अर्को भिसा इसु गर्ने आश्वासन दिएको छ । मन्त्री अधिकारीको भिसा किन रातोमसीले क्रस गरिएको हो भन्ने अझै प्रष्ट हुन सकेको छैन ।

पर्यटन मेलामा मन्त्री अधिकारीसँगै नेपालका ३१ पर्यटन व्यवसायी सहभागि हुने कार्यक्रम रहेको थियो ।

सम्बन्धित समाचार

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०७५ कार्तिक १९, ०८: ४७

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०७५ कार्तिक १९, ०८: ४७

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
  • २०७५ कार्तिक १९, ०८: ४७

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...