महासमिति बैठक सर्न सक्ने – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

महासमिति बैठक सर्न सक्ने

कांग्रेस बैठक २० गते

नेपाली कांग्रेसले आगामी मंसिर ५ देखि ९ गतेसम्म हुने महासमिति बैठक सार्ने भएको छ । महाधिवेशनको लागि राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, आर्थिक नीति, विधान संशोधनको मस्यौदा प्रतिवेदन केन्द्रीय कार्य समितिमै पेश नभएको अवस्थामा मंसिर पहिलो साता महासमिति बैठक हुने सम्भावना नरहेको एक पदाधिकारीले वताए । विधान संशोधन मस्यौदा समितिले आफ्नो प्रतिवेदनको मस्यौदा लेखन गरिरहे पनि त्यसले अन्तिम रुप लिएको छैन् ।

समितिले भने केन्द्रीय कार्य समिति बैठक बस्ने मिति निर्धारण भएको अघिल्लो दिन नै प्रतिवेदन तयार गर्ने वताएको छ । १९ कात्तिकदेखि तिहार र २६ गते छठ पर्व भएको भएता पनि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक २० गते बस्ने भएको छ ।

२३ गतेसम्म तिहार विदा, २४ गते शनिबार र २५ गते फाल्गुनानन्द दिवसमा १ नं. प्रदेश विदा, २६ गते कार्यलय खुल्ने र फेरि २७ गते छठ पर्व भएको हुँदा २० गते टुंगो लाग्न नसकेका विषयहरु कात्तिकको अन्तिममा बैठक बस्दै गर्दा धेरै विषयहरु टुंगिन समय लाग्ने देखिन्छ । त्यसैले विवादित विषयहरु टुंगो लगाउन समय लाग्ने हुँदा उक्त समयमा गर्न नसक्ने अवस्था आएको हुँदा वाँकी एक सातामा तयारी गर्न सम्भव नभएको ति पदाधिकारीले बताए ।

स्रोतका अनुसार मंसिर तेस्रो सातासम्मको लागि महासमिति बैठक सार्न लागिएको छ । केन्द्रीय कार्य समिति बैठक नै बस्न नसकीरहेको अवस्थामा महासमिति बैठकको आयोजना सम्भव नहुने देखिन्छ । विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय कार्य समितिलाई १२ देखि १३ दिनसम्म चाहिने सहमहामन्त्री डा. प्रकाशशरण महत बताउँछन् । उनले विधान संशोधनको मस्यौदा केन्द्रीय कार्य समितिले प्राप्त गरेपछि त्यसमाथि सहमति गरेर अनुमोदन गरेपछि मात्र महासमिति बैठकको तयारी गर्न सहज हुने महतले बताए ।

पार्टीले महासमिति बैठकमा पेश गर्ने सबै प्रस्तावहरु केन्द्रीय कार्य समिति बैठकले अनुमोदन गर्नु पर्छ । केन्द्रीय कार्य समितिमा पेश भएका सबै प्रस्ताव सर्बसम्मत नभएमा महासमिति बैठकबाट अनुमोदन हुन कठीन हुन्छ । महासमिति बैठकको दुई तिहाई बहुमतबाट मात्र हरेक प्रस्तावहरु पाारित हुन सक्छन् ।

सम्बन्धित समाचार

बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
  • २०७५ कार्तिक १९, ०८: ५३

काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
  • २०७५ कार्तिक १९, ०८: ५३

काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७५ कार्तिक १९, ०८: ५३

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...