कोरोनाविरुद्धको खोपको ‘अतिरिक्त डोज’ दिने स्वास्थ्य मन्त्रालयको तयारी – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कोरोनाविरुद्धको खोपको ‘अतिरिक्त डोज’ दिने स्वास्थ्य मन्त्रालयको तयारी


नयाँ विकल्प,

काठमाडौं – सरकारले कोरोनाविरुद्धको खोपको अतिरिक्त डोज दिने तयारी थालेको छ । स्वास्थ्य मन्त्रालयले खोप सल्लाहकार समितिको सुझावको आधारमा अतिरिक्त मात्रा खोप दिने तयारी थालिएको हो ।
खोप कहिलेदेखि दिने भन्नेबारे भने निर्णय हुन बाँकी भएपनि तयारी थाल्न भने सम्बन्धित सबैलाई अनुरोध गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुलाई अतिरिक्त डोज दिन लागिएको छ । जसमा क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गर्नेहरू र एचआईभीका बिरामी रहेका छन् ।

योसँगै चिनियाँ कम्पनीले उत्पादन गरेको भेरोसेल खोप लगाएका ६० वर्षमाथिका वृद्धवृद्धालाई पनि अतिरिक्त डोज दिने भनिएको छ । अतिरिक्त डोजमा पहिले लगाएकै खोप दिइनेछ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ पुष १५, २०: १६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ पुष १५, २०: १६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७८ पुष १५, २०: १६

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...