कांग्रेसभित्र फेरि चर्कियो नेतृत्वको होडबाजी – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

कांग्रेसभित्र फेरि चर्कियो नेतृत्वको होडबाजी

देउवाले राजनीतिबाट विश्राम नलिने भन्दा को को तर्सिए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एक ढिक्का बनाएपछि मात्रै राजनीतिबाट विश्राम लिने बताएपछि पार्टीको संस्थापन र संस्थापनइत्तर पक्षमा हलचल आएको छ । सभापति देउवाको उत्तराधिकारीको रुपमा दाबी गरिरहेका वर्तमान उपसभापति विमलेन्द्र निधि, यसअघि नै सभापतिमा प्रत्यासी बनेर बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला र महामन्त्री डा.शशांक कोइरालालाई समेत तर्साएका थिए । देउवाले पौडेल र सिटौलालाई हराएर पार्टीको १३ औं महाधिवेशनमा सभापतिमा निर्वाचित भएका थिए ।

सभापति निर्वाचित भएदेखि नै संसद, सरकार प्रतिपक्षी र पार्टीको आन्तकि जीवनमै प्रभावकारी काम गर्न नसकेको भनी आलोचना खेपिरहेका बेला देउवा पुन पार्टी नेतृत्वको लागि प्रत्यासी होलान कि नहोलान भन्ने आशंका उब्जिएको थियो । तर शनिबार दशै, तिहार, छठ र नेपाल संवतको अवसरमा कांग्रेसको ४ नं वडासमितिले आयोजना गरेको चियापान कार्यक्रममा देउवाले आफू पार्टीलाइ एक ढिक्का नबनाई राजनीतिबाट विश्राम नलिने बताएपछि कांग्रेस भित्रको राजनीति तरंगित हुन पुगेको छ ।

देउवाले आफू पुन सभापतिको उम्मेदवार बन्ने संकेत दिएसँगै उपसभापति विमलेन्द्र निधिलाई समेत चस्को परेको छ । उनी आगामी महाधिवेशनमा सभापतिको तयारी गर्दै आएका थिए । आगामी महाधिवेशनमा उपसभापतिको लागि गच्छदारले सभापति देउवाबाट आश्वासन पाई रहेको बेला निधिको राजनीतिक भविश्य के हुने भन्ने अन्योलमा छ । महामन्त्रीमा भने पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्कीको बलियो दाबेदारी रहेको छ । सहमहामन्त्री डा. प्रकाशशरण महतले पनि सोही पदमा दाबी गरिरहेका छन् । उनीहरुमध्ये खड्का र महतको दाबी स्वभाविक पनि देखिन्छ ।

उता देउवाले सभापतिमा प्रतिष्पर्धा नगरी आफ्नो उत्ताराधिकारीको रुपमा निधिलाई उठाए सभापतिमा प्रतिष्पर्धा गर्ने निष्कर्षमा पुगेका महामन्त्री डा. शशांक कोइरालालाई पनि सभापति देउवको पुन सभपाति हुने चाहनाबाट संशंकित बनेका छन् । महामन्त्री डा शशाङ्क कोइरालाले त कांग्रेसलाइ एक ढिक्का भएर निर्वाचनमा बहुमत ल्याउने पार्टीको रुपमा पुर्याउन कोइराला परिवारका सदस्यहरु एक ढिक्का हुने बताइ सकेका छन् । महामन्त्री शशांकले कोइराला परिवारकी सदस्य सुजाता कोइराला स्वास्थ्यको कारण नेतृत्वमा नआउने भएकोले आफू र डा. शेखर कोइरालाबीचको सहमतिबाटै एक जना कांग्रेसको नेतृत्वमा प्रतिष्पर्धी बन्ने बताउँदै आएका छन् ।

उनले त्यसका लागि सभपातिमा उम्मेदवारी दिएर देउवासँग पराजित भएका सिटौलाले पनि शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउन योगदान दिएको तथा पूर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला र शुशिल कोइरालालाई भित्रबाटै सुझाव दिएकोले उनलाई पनि आफैसँग ल्याउने बताउँदै आएका छन् ।
उता सिटौला भने आफूलाई सभपाति मानेर कोइराला परिवारका सदस्यले समर्थन गर्नु पर्ने पक्षमा छन् ।

तर डा. शशांकले त्यो प्रस्तावलाई पूर्णरुपमा स्वीकार गरेका छैनन् । उता केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने सभापतिमा एकल उम्मेदवार उठाउने प्रयास सफल नभए केन्द्रीय सदस्य र अन्य पदाधिकारीको उम्मेदवारी एउटै प्यानलबाट दिने र सभापतिमा देउवाले एउटै राउण्डबाट बहुमत ल्याउन नसक्ने भएपछि जसले सबैभन्दा बढी मत ल्याएर दोश्रो राउण्डमा जान्छ उसलाई सबैले सहयोग गर्ने सहमतिको खाका तयार गरेका छन् । केसीको यस्तो प्रस्तावप्रति धेरैले सकारात्मक रुपमा लिएका छन् ।

महामन्त्री कोइरालाले कोइराला परिवारबाटै नेतृत्व लिने भनेपछि बरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंह अझ बढी ससंकित बनेका छन् । उनीहरु दुवैले आफूहरुसँग सल्लाह नै नगरी उम्मेदवारी घोषणा गर्न नहुने गुनासो गरेका छन् । महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री सिंहबीच केही समय चिसिएको सम्बन्ध सुमधुर बनाउने प्रयास भइरहेको बताइन्छ ।

उता सिटौलाले भने देउवा र शशांक दुबैजना सभापतिको उम्मेदवार भए पनि आफू नेतृत्वमा प्रतिष्पर्धा गर्नबाट पछि नहट्ने बताउँदै आएका छन् । उनले सभापति देउवाले पार्टी सञ्चालन गर्न नसकेर असफल भइसकेको र महामन्त्री कोइरालालाई वर्तमान राजनीतिक परिवर्नलाई स्वीकार गर्न नसकी कहिले हिन्दु राज्य त कहिले जनमत संग्रह गर्नुपर्ने जस्ता अपरिपक्क अभिब्यक्ति दिएका कारण डा. सशांक कोइरालाले आपूmसँग सहमति गर्नुपर्ने बताउँछन् ।

उता कोइरालाले भने पुरानो संस्थापन पक्षलाई पौडेलले समेट्न नसकेको भन्दै आफूले पुरानो बिरासतलाई फर्काउने र सबै नेताहरुलाई गुट उपगुट त्यागेर सहमतिमा ल्याउने प्रयास गरेकोले सहमतिबाटै आपूm सभापतिमा उठ्ने दावी गरिरहेका छन् ।

सम्बन्धित समाचार

बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
  • २०७५ कार्तिक १९, ०९: ००

बेलटार, उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रमा पछिल्लो समय अनपेक्षित रूपमा विद्युत कटौती बढेको भन्दै नेपाली कांग्रेस नगर कार्यसमितिले नेपाल...

टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
  • २०७५ कार्तिक १९, ०९: ००

काठमाडौं : बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर भएका विभिन्न उच्च पदस्थ व्यक्तिहरूलाई सजाय निर्धारण गरेको...

सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
  • २०७५ कार्तिक १९, ०९: ००

काठमाडौं : नेपाली कांग्रेसले सुकुम्वासी समस्या समाधानका लागि साझा राष्ट्रिय दृष्टि निर्माण गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव अघि बढाउन संसदीय...