महासचिवमाथि अख्तियारको मुद्दा – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

महासचिवमाथि अख्तियारको मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजपाका महासचिव विनोद सिंहविरूद्ध गत कात्तिक १९ मा विशेष अदालतमा अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाउदै मुद्दा दायर गरेको छ । तत्कालीन सहायक वन अधिकृत सिंहले गत प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको संघारमा वन सहायक अधिकृत पदबाट राजीनामा गरेका थिए ।

एक पदाधिकारीका अनुसार अख्यितारले विशेष अदालतमा मुद्दा दायर गरिसकेपछि उनले स्वतः राजीनामा गर्नुपर्ने हो । उनले राजीनामा नगरे पार्टीले माग्नुपर्ने भए पनि अध्यक्ष मण्डलका संयोजक ठाकुर निकटका सिंहलाई ठाकुरले संरक्षण दिएका छन् । सिंहमाथि अदालतमा मुद्दा दायर गरिएको विषयमा राजपाले अहिलेसम्म केही प्रतिक्रिया दिएको छैन ।

उनले आफूलाई आरोप मात्र लगाइएको र प्रमाणित नभएकोले प्रमाणित नहुँदासम्म पार्र्टीको महासचिव पदबाट राजीनामा नदिने बताउँदै आएका छन् ।
गत भदौमा राजपा अध्यक्ष मण्डलका संयोजक ठाकुरले सिंहलाई महासचिवमा मनोनित गरेका थिए । सिंह अध्यक्ष भएका बेला उनले बबरमहलस्थित मधेसी कर्मचारी मञ्चको भवनलाई राजपाको पार्टी कार्यालय राख्न दिने निर्णय गरेका थिए । सोअनुसार, २०७४ असारदेखि राजपाको पार्टी कार्यालय बबरमहलमा सरेको छ ।

मञ्चको भवन पार्टी कार्यालयलाई प्रयोग गर्न दिए वाफत सिंहलाई प्रतिनिधिसभा वा प्रदेशसभामा टिकट दिने, टिकट दिन नसके समानुपातिकमा मनोनित गर्ने मौखिक सहमति राजपा अध्यक्षमण्डल र मञ्चबीच भएको थियो । सो सहमतिअनुसार सिंहले सरकारी जागिरबाट राजीनामा दिएका थिए । सरकारी जागिरबाट राजीनामा दिएपछि मञ्चको अध्यक्ष पद पनि उनले छाडे । तर राजपाले उनलाई धोका दियो ।

न टिकट दियो न त समानुपातिकमा नै मनोनित ग¥यो । यसपछि सिंह पार्टी नेतृत्वप्रति आक्रोशित भएका थिए । मञ्चका पदाधिकारीले बेलाबेलामा पार्टी कार्यालय खाली बनाउनुपर्ने अभिव्यक्ति समेत दिँदै आएका थिए । मञ्चको बैठकमा पनि केही केन्द्रीय सदस्यहरूले पार्टी कार्यालय खाली गर्नुपर्ने तर्क उठाएपछि ठाकुरले सिंहलाई महासचिवमा मनोनित गरी कार्यालय भवन प्रयोग गर्न सहज र सुरक्षित बाटो अपनाएको पदाधिकारीहरु बताउँछन् ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
  • २०७५ कार्तिक २७, ०७: २३

काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी...

टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
  • २०७५ कार्तिक २७, ०७: २३

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...

असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
  • २०७५ कार्तिक २७, ०७: २३

काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...