
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९६८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न स्वास्थ्यसंस्थाहरुमा कूल १४ हजार ९७१ जनाको नमुना परिक्षणमा पीसीआर विधिबाट ५७२ र एन्टिजेन विधिबाट ३९६ जनामा सङ्क्रमण पुष्टि भएको हो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कसैको पनि कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छैन् । नेपालमा कोरोना भाइरस संक्रमणबाट हालसम्म मृत्यु हुनेको कूल सख्या ११ हजार ६०२ जना रहेको छ ।
शुक्रबार थप २६२ जना कोरोना सङ्क्रमणमुक्त भएसंगै हालसम्म कूल ८ लाख १३ हजार ७०९ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
हाल देशभर विभिन्न आइसोलेसन तथा अस्पतालहरुमा ५ हजार ७४१ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, माथि उल्लेखित एन्टिजेन विधिबाट गरिएको परीक्षणमा पुस २२ र २३ गते नाकामा गरिएको तथ्यांक समावेश रहेको मन्त्रालयले जानकारी दिएको थियो ।
कोरोना विरुद्धको खोप
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशका विभिन्न स्वास्थ्य संस्थाहरुबाट २ करोड ५९ लाख ५ हजार ६६३ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकेको छ ।
उक्त तथ्याकं अनुसार १ करोड १० लाख २ हजार ९७६ जनाले पूर्ण मात्रा र १ करोड ४९ लाख २ हजार ६८७ जनाले एक मात्रा खोप लगाएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप २ लाख ६३ हजार ३७१ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
उपत्यकामा कोरोनाको अवस्था
शुक्रबार थपिएका ९६८ जना मध्य ३६९ जना कोरोना संक्रमित काठमाडौं उपत्यकामा रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्ला काठमाडौंमा २८४, ललितपुरमा ६२ र भक्तपुरमा २३ जना संक्रमित भेटिएका छन् ।
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...