प्रधानमन्त्री कति स्वस्थ ? बालुवाटार छोड्न नमिल्ने, निर्णय गरिहन मिल्ने ? – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

प्रधानमन्त्री कति स्वस्थ ? बालुवाटार छोड्न नमिल्ने, निर्णय गरिहन मिल्ने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य राम्रो भएको र उहाँ नियमित फर्कन थाल्नु भएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले १६ कात्तिकमै जानकारी दिएका हुन् । तर त्यस यता प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक कुनै पनि कार्यक्रममा सहभागी भएका छैनन् । नास्तिक स्वभावका प्रधानमन्त्री ओलीले दशैंमा ६ दिनसम्म बालुवाटार प्रवेश गर्नेलाई टिका र जमरा प्रदान गर्ने महाअभियानमा सक्रिय भएपछि बिरामी भएका थिए ।

छातिमा संक्रमण भएपछि ६ दिनसम्म नै मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टरमा उपचारपछि बालुवाटार फर्किएका थिए । ओली बालुवाटार फर्किएपछि २५ कात्तिकमा मन्त्रिपरिषद बैठक बसालेका थिए । प्रधानमन्त्री ओली स्वस्थ्य भनिए पनि मन्त्रीपरिषद्को बैठकको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार आउन सकेका छैनन् ।

उनको स्वास्थ स्थितिको बारेमा उनको सचिवालयले स्पस्ट रुपमा खुलाएको छैन् । प्रधानमन्त्री ओली आउने भनेर काठमाडौंमा आयोजना गरिएको कोलम्बो प्रोसेस सदस्य मुलुकको छैटौं मन्त्रीस्तरिय परामर्श बैठकमा जानकारी दिइयो । तर अन्तिम समयमा उनी नआएपछि उपप्रधानमन्त्री इश्वर पोखरेललाई पठाइएको थियो ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीकै कारण नेकपा सचिवालय बैठक बस्न सकेको छैन् ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रदेश इन्चार्ज र अध्यक्ष तोक्दा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मात्र सल्लाह गरेर अघि बढेको भन्दै नेकपाका नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ रुष्ट बनेका छन् । नेपाल र श्रेष्ठले आफूहरु बिदेशमा भएको मौकामा इञ्चार्ज र अध्यक्ष तोक्ने काम भएको भन्दै आसन्तुष्टी जनाई सकेका छन् ।

सचिवालय बैठकले प्रत्येक जिल्ला कमिटि, भातृ र जनवर्गिय संस्थाहरुको एकताको लागि खाका तयार गर्न महामसचिव बिष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादललाई दिएको थियो । दुबै नेताले प्रतिवेदनको खाका तयार गरेपनि अध्यक्ष ओली बिरामी भएर सक्रिय नहुँदा अन्तिम रुप दिन सकेका छैनन् ।

ओलीले छन लगत्तै सचिवालय बैठकमा पार्टीका जनवर्गिय संगठन र जिल्ला कमिटि मर्ज सम्वन्धी प्रस्तावलाई छलफल गरी पारित गरेर अनुमोदनका लागि स्थायी समितिमा लैजाने योजना थियो । तर प्रधानमन्त्री ओली प्रशासनिक केन्द्र सिंहदरबार नै नआएको अवस्थामा पार्टी कार्यालयमा उपस्थित हुने सम्भावना पनि देखिँदैन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली निकट नेताहरु भने आवश्यकता अनुसार सचिवालय बैठक बोलाइने भन्दै समय बिताउने रणानीतिमा छन् ।

उनीहरुले बैठक बस्न नसक्नुको कारण अर्का अध्यक्ष प्रचण्ड उपत्यका बाहिर र कहिले मुलुकबाहिरको भ्रमणमा जाने गरेको, अर्का नेता माधवकुमार नेपालल १५ दिन जस्तोमा बिदेश भ्रमणमा रहेकोले बैठक बोलाउन ढिलाइ भएको तर्क गरिरहेका छन् ।

१२ बर्षअघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले पार्टी एकता भएको साता महिनामा केन्द्रीय कमिटिको बैठक एक पटक र स्थायी समिति बैठक दुई पटक मात्र बोलाएका छन् । प्रधानमन्त्री ओली सक्रिय नहुँदा पार्टी भित्र आन्तारिक असन्तुष्टी चुलिएको नेकपाका नेताहरु बताउँछन् । बिशेष गरी प्रधानमन्त्री ओली मन्त्रीहरुको परफर्मेन्स राम्रो नहुँदा बढी चिन्तित हुने गरेका छन् ।

कुनै पनि मन्त्रीले नतिजामुखी काम गर्न नसके प्रति असन्तुष्ट बनेका ओलीलाई त्यही कारण प्रस्तुत गर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमाल नेतृत्वको नीजि सचिवालय टोली यतिवेला भए भरका राज्यका शक्तिशाली निकायहरु प्रधानमन्त्री कार्यालय मातहत ल्याउनु पर्ने पक्षमा अभियानको रुपमा जुटेका छन् । उनले आफ्नालाई काखी च्याप्ने र इतर गुटका नेता, कार्यकर्ता र सांसदका हुर्मत लिने गरेका छन् ।

माओवादीबाट आएकाहरुलाई भन्दै एमालेमा माधवकुमार नेपाल निकटकालाई ओलीले पेल्न खोजेका छन् । सुदरपश्चिमका सामाजिक विकास मन्त्री दीर्घ सोडारी मन्त्री पदबाट गलहत्याईनुको कारण पनि ओली गुटको नहुनु पार्टी कार्यकर्ताहरुले बताउँदैन आएका छन् । तीन महिनाअघि माधव नेपाल गुटको भए बापत कानुन मन्त्री शेरबहादुर तामाङलाई पदत्याग गर्न बाध्य बनाइएको थियो ।

उता बामदेव गौतमसँगको दुरी बढेपछि उदण्ड स्वभावका कुनै बेला बामदेवसँगै रहेका प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापित पनि मन्त्री पदबाट हटाइएको थियो ।

यसरी स्वस्थ भए भनिएका प्रधानमन्त्री बाहिरी औपचारिक कार्यक्रममा उपस्थित नभए पनि भित्र भित्रै आफ्ना बिरोधी गुटलाई सिध्याउने रणनीतिमा अघि बढेको देखिन्छ । उनले आफ्नो गुटको भएकै कारण १ नम्वर प्रदेशका मुख्य मन्त्री शेरधन राईलाई संघीय सरकारको अनुमति बिना नै संयुक्त राज्य अमेरिका जाँदा स्पस्टीकरण समेत सोधेका छैनन् । उनका अर्का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई ठेकेदारको बचाउ गर्दै सडक निर्माणको माग गर्ने जनतालाई ज्यान मार्ने धम्की दिए पनि कुनै कानुनी कारबाही भएको छैन् ।

उनी हाल एक नम्वर प्रदेशका मुख्य मन्त्री शेरधन राईले मन्त्रीपरिषद्को अनुमति नलिई अमेरिका गएको भएपनि त्यसलाई ब्याक डेटमा मन्त्रीपरिषद् बैठकको निर्णय भन्दै माइन्युट गरिदिन प्रधानमन्त्रीसँग भेट गर्न आएका थिए । तर, प्रधानमन्त्री ओलीसँग भेट गर्न नपाएको स्रोत बताउँछ । झापामा पूर्व कानुन मन्त्री अग्नी खरेल निकटका उम्मेदवारहरुलाई झापाका स्थानिय तहमा हराउन भूमिका खेलेको भन्दै ओली त्यसैबेला देखि हिक्मत कार्कीसँग सन्तुष्ट नभएको बताइन्छ ।

सम्बन्धित समाचार

बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
  • २०७५ मंसिर ३, ०८: ११

काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
  • २०७५ मंसिर ३, ०८: ११

काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७५ मंसिर ३, ०८: ११

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...