
काठमाडौं । राजनीतिक पार्टीका नेतृत्व वर्गदेखि पेशाकर्मी र नागरिक समाजका हरेक जसोले धर्मनिरपेक्षताको नाममा धर्म परिवर्तन गराउने अभियान नियन्त्रण्म गर्न माग भइरहँदा स्वयम् सरकार भने क्रिस्चियन धर्मको प्रचारक एक संस्थाले अयोजन गरेको सम्मेलनको सहप्रायोजक बनेको छ ।
संविधान सभाका पूर्व सांसद तथा परिवार दलका अध्यक्ष एक नाथ ढकाल हर्ताकर्ता भएको इन्टरनेसनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टीस (आइक्याप) भन्ने संस्थाले मंसिर १५ र १६ गते होटल हायत रिजेन्सीमा सम्मेलन गर्दैछ ।
कञ्चनपुरमा बलत्कारपछि हत्या गरिएका निर्मला पन्तका दोषी पत्ता लगाउन नसकेको सरकारले क्रिश्चियन धर्मको प्रचारमा लागेको गम्भीर आरोप लागेको आईक्याप आयोजक भएको सम्मेलनमा नेपाल सरकार सहआयोजक बन्नुले मुलुको इज्जत र प्रतिष्ठामा आघात पुर्याएको कांग्रेसले जनाएको छ ।
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हत्या र बलात्कारको घटनाहरुमा उदासिन बनेको सरकारले राष्ट्रिय स्वाभिमान बेचेर क्रिश्चियन धर्मको प्रचारमा लागेको आरोप लगाएका हुन् । एउटी छोरीको बलात्कार पछि हत्या भएको विषयमा न्याय माग्दा माग्दै मानसिक सन्तुलन गुमाएका कञ्चनपुरकी निर्मला पन्तका बुबालाई स्मरण गर्दै प्रवक्ता शर्माले जनताको न्याय मारेर कुनैपनि आईएनजीओको सहायक बनेर सरकारले क्रिश्चियन धर्मको प्रचार गर्नु आपत्तिजनक भएको बताए ।
नेपालको निशान छाप र व्यवस्थापिका संसद्को लोगोको दुरुपयोग गरी सरकारले राष्ट्रिय स्वाभिमानमाथि आँच पुर्याएको आरोप समेत कांग्रेसको छ ।
प्रवक्ता शर्माले नेपालको संविधानले धर्म निरपेक्षतालाई अंगिकार गरेको भन्दै एकातर्फ धर्मनिरपेक्षतालाई अंगिकार गर्ने र अर्काे तर्फ कुनै निश्चित धर्मको प्रचारलाई सहयोग पुग्नेगरी सरकार नै सहआयोजक बस्छ भने यो संविधानको बर्खिलाप भएको दाबी गरे ।
उनले ४ दिन अघि मात्रै सुनसरीमा फिदा हुसेन नाम गरेका एक व्यवसायीको हत्या भएको, कपिलबस्तुमा दीपेन्द्र चौधरी नाम गरेको प्रदेश सभा सांसद्का उम्मेदवारको शनिबार हत्या भएको भन्दै सरकार कञ्चनपुर, सुनसरी र कपिलबस्तुमा नभेटिएको तर आईएनजीओको गोष्ठीमा भेटिने गरेको बताए ।
उनले आफूले केही दिन अघि सरकार कहाँ छ ? भनेर प्रश्न गरेको स्मरण गर्दै सरकार क्रिश्चियनहरुको धर्म प्रचारमा भेटिएको आरोप लगाएका छन् । यो प्रश्न नेपाल देशको विषय भन्दै यो प्रतिपक्ष र सत्ता पक्षको विषय नभएको बताएका छन् । अन्य देशहरुमा सरकारको मातहतमा एनजीओ आईएनजीओ रहने भएको भएपनि नेपालमा भने एनजीओ आईएनजीओको मातहतमा सरकार रहेको उनले आरोप लगाए । उनले दुई तिहाई सरकार यति चाँडैं यस्तो दुब्लो भएको भन्दै यो सबै नेपालीले प्रश्न उठाउने पनि बताए ।
एसिया प्यासिफिक समिट २०१८ नेपाल नाम दिइएको सो सम्मेलनको आयोजक समितिको अध्यक्षको हैसियतले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको समेत नाम उल्लेख छ । अयोजकको रुपमा आईक्यापका संस्थापक अध्यक्ष जोस डे भेनेसिया (जुनियर) र युनिभर्सल पिस फेडेरेसनको अन्राष्ट्रिय अध्यक्षको रुपमा डा. थोमस जी. वाल्स आयोजकका रुपमा छन् ।
‘विश्वका धेरै देशको उदाहरण लिन सकिन्छ । जहाँपनि एनजिओ, आइएनजिओ देशको मातहतमा हुन्छ । तर, अहिले वर्तमान सरकार त आइएनजिओको मातहतमा रहेर कार्यक्रम सञ्चालन गर्न थालेको छ,’ प्रवक्ता शर्माले भने, ‘मैले पहिले पनि सोधेको थिएँ सरकार कहाँ छ भनेर, सरकार त सह आयोजक बन्न कार्यक्रम आयोजना गर्ने आइएनजिओको खोजिमा पो रहेछ ।’
न्यायका लागि जनताहरु अनशन बस्दा नबोल्ने सरकार, दिनदहाडै हत्या हुँदा मौन रहने सरकार आइएनजिओले गर्ने कार्यक्रमको सहआयोजक हुनु गम्भीर रहेको भन्दै प्रवक्ता शर्माले सरकार यति धेरै कमजोर भएको हो भन्दै प्रश्न गरे ।
अमेरिकाले इरानमाथि फेरि एक चरणको हवाई आक्रमण गरेको जनाएको छ । यो आक्रमण तेहरानले स्ट्रेट अफ होर्मुज हुँदै गुज्रिरहेको एक...
काठमाडौं : इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा नर्वेलाई २-१ गोल अन्तरले...
काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...