आदित्यनाथको जनकपुर भ्रमणको टिप्पणी निरर्थक – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

आदित्यनाथको जनकपुर भ्रमणको टिप्पणी निरर्थक

काठमाडौं । राम जानकी विवाह पञ्चमीको अवसरमा आगामी मंसिर २६ गते भारतको अयोध्यबाट जन्ती बनेर जनकपुर आउन लागेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको बिषयमा राजनीतिक दलका स्थापित नेताले समेत टिप्पणी गरेको घटनालाई कुटनीतिक क्षेत्रमा निरर्थक बहस भनेर टिप्पणी हुन थालेको छ ।

जयनगरदेखि जनकपुरस्थित कुर्थासम्मको रेल्वे सेवाको उद्घघाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भनिएकोमा उनी भारतीय बिधानसभाको चुनावी कार्यक्रमा व्यस्त हुँदा नेपालको भ्रमण स्थगित भएको थियो । भारतीय प्रधानमन्त्री मोदीको भ्रमण रद्ध हुनु र उत्तर प्रदेशका मुख्य मन्त्री आदित्य नाथ विवाह पञ्चमीकै अवसरमा जनकपुर आउने घटनालाई रेल सेवा उद्घाटनसँग जोडिएकोमा भारतीय दूतावासले समेत उपयुक्त मानेको छैन् ।

भारतीय प्रधानमन्त्री मोदी विवाह पञ्चमीमा आउने कार्यक्रम स्थगित भएपछि भारतीय जनता पार्टीका पूर्वअध्यक्ष समेत रहेका गृहमन्त्री राजनाथ सिंह रेल उद्घाटन कार्यक्रमा आउने चर्चा थियो । तर, उनी पनि नआउने भएपछि जनकपुरदेखि जयनगरसम्म भारतीय सरकारको सहयोगमा निर्माण भएको रेल सेवालाई विबादमा तान्न त्यस्तो चर्चा र हौवा फैल्याइएको नेपाल र भारत सम्वन्धका जानकारहरु बताउँछन् ।

मोदीबाट रेल सेवाको उद्घाटन हुने चर्चा चरिहेको बेला उनी नआउने भन्ने सन्देशसँगै २ नम्वर प्रदेशको संसदमा समेत मोदी र जनकपुर रेल सेवा सञ्चालनका बिषयमा आवाज उठ्न थालेका छन् । प्रदेश २ को प्रदेशसभामा सभासद्हरुले भारतको जयनगरदेखि जनकपुरधामसम्म रेल्वेको उद्घाटन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथबाट हुने सत्य हो होइन, प्रष्ट पार्नु पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीले संयुक्त रुपपमा सो रेल सेवाको उद्घाटन गर्ने विगतको सहमतिलाई तोडेर भारतको उत्तर प्रदेशका मुख्य मन्त्री आदित्यनाथबाट उद्घाटन गराउन खोजिएको भन्दै कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आपत्ति समेत प्रकट गरेका छन् ।

उपसभापति निधिले आदित्यनाथले रेल सेवा उद्घाटन गरेमा कुटनीतिक मर्यादा उलंघन हुने भन्दै बिरोध जनाएका थिए । उपसभापति निधिले विगतको सहमति अनुसार भारतीय प्रधानमन्त्रीले नै सो रेल सेवाको उद्घाटन गर्नु पर्ने भन्दै केन्द्रीय सरकारले आदित्यनाथलाइ रेल सेवा उद्घाटन गर्न अतिथि बनाएर गम्भिर कुटनीतिक मर्यादा उलंघन गरेको र प्रदेश सरकारका त्यसको छायाँ बनेको भनि टिप्पणी गरेका थिए । यो टिप्पणीलाई कांग्रेसजन धेरैले मन पराएका छैनन् ।

प्रदेश नं २ का नेपाली कांग्रेसका प्रदेश सभासद शिवचन्द्र चौधरीले देशमा राष्ट्रिय महत्वको योजनामा भारतीय प्रभुत्व बोकेको मुख्यमन्त्री योगी जस्तो पदका व्यक्तिले उद्घाटनको गर्नु अथवा गराउनु विषय सोचनीय भएको बताएका थिए ।

उनले प्रदेशसभा बैठकमै नेपाल कहिल्यै पनि अरूको अस्तित्वलाई स्वीकार नगरी सधैँ सार्वभौम सम्पन्न राष्ट्रको रूपमा चिनिएकोले यस्ता गौरवको योजनालाई आफ्नै देशका वा भारतकै भए पनि उच्च पदस्थबाट उद्घघाटन जरुरी रहेको बताएका थिए । राजपाका सांसद उपेन्द्र महतोले भने भारतीय मुख्यमन्त्री योगी जनकपुर आउने योजनाबाटै कांग्रेस पार्टी तर्सिएको आरोप लगाएका थिए ।

उता प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जनकपुरधामको विवाह पञ्चमी महोत्सवमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्नाथ आउनेबारे प्रदेश सरकारलाई कुनै जानकारी नभएको बताएका छन् ।

कानुनमन्त्री यादवले मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणबारे प्रदेश सरकारलाई कुनै औपचारिक जानकारी नभएको भन्दै योगी र मोदीको भ्रमण विषय संघीय सरकार तथा परराष्ट्र मन्त्रालय मातहत रहेकोले प्रदेश सरकारलाई यस सन्दर्भमा केही जानकारी नभएको बताएका थिए ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिको गृहनगर जनकपुर भएकोले आफ्नो गृह नगरमा हुने महत्वपूर्ण अयोजना वा विकास निर्माणमा संघीय सरकार र प्रदेश सरकारले महत्व नदिएको स्रोतले बतायो । गत बर्ष भएको संसदीय निर्वाचनमा उपसभपाति निधि राजपाका अध्यक्ष राजेन्द्र महतोसँग पराजित भएका थिए । प्रदेश २ मा फोरम र राजपाको संयुक्त सरकार छ ।

सम्बन्धित समाचार

बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
  • २०७५ मंसिर १०, ०८: ०९

बेलटार, उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रमा पछिल्लो समय अनपेक्षित रूपमा विद्युत कटौती बढेको भन्दै नेपाली कांग्रेस नगर कार्यसमितिले नेपाल...

टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
  • २०७५ मंसिर १०, ०८: ०९

काठमाडौं : बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर भएका विभिन्न उच्च पदस्थ व्यक्तिहरूलाई सजाय निर्धारण गरेको...

सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
  • २०७५ मंसिर १०, ०८: ०९

काठमाडौं : नेपाली कांग्रेसले सुकुम्वासी समस्या समाधानका लागि साझा राष्ट्रिय दृष्टि निर्माण गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव अघि बढाउन संसदीय...