देउवा विरुद्ध संस्थापनइत्तर नेताहरु एकीकृत हुन थाले – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

देउवा विरुद्ध संस्थापनइत्तर नेताहरु एकीकृत हुन थाले

बिरासत फर्काउन कोइरालात्रयको अभियान

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइराला र उनका परिवारका तीन सदस्य यतिवेला पार्टीको गिरेको शाख फर्काउन र कोइराला परिवारको विरासत जोगान एउटै लय र शैलीमा क्रियाशील भएका छन् । त्यसका लागि सबैभन्दा बढी जोडबल र प्रयासमा पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइराला पुत्री सुश्री सुजाता कोइरालाको भूमिका रहेको छ ।

केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टी महामन्त्री समेत रहेका बीपी पुत्र डा. शाशांक कोइराला, केन्द्रीय सदस्य तथा नोना पुत्र डा. शेखर कोइरालालाई समेत एकै ठाउँ ल्याएर पार्टीमा आपसी प्रतिष्पर्धी नभइ मिलेर अघि बढ्ने संकेत समेत दिएकी छन् । विगत एक बर्षदेखि नै कोइराला परिवार तीन सदस्य पार्टी नेतृत्वमा पुगेपछि आपसमा सहयोग र समर्थन गर्ने वातावरण निर्माणमा लागेका थिइन् ।

गत बर्षका भाईटिकादेखि नै कांग्रेस केन्द्रीय सदस्य र पदाधिकारी भएका शेखर र शशांकभन्दा आफूलाई सिनियर मान्दै आएकी सुजाताले गत मंसिर २ गते पीताको नाममा स्थापित गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठानको एक नम्वर प्रदेश स्तरिय कार्यालयको उद्घाटनमा तीनै जनालाई एकै ठाउँ भेला पार्न सफल भएकी हुन् ।

उनले पीताको नाममा स्थापित सो प्रतिष्ठानको बिराटनगरस्थित कोइराला निवास परिसर भवन निर्माण गरी उद्घाटनको लागि २ मंसिरमा महामन्त्री शशांक र केन्द्रीय सदस्य शेखरलाई एकै ठाउँमा ल्याएर एउटै मालामा तीन जनालाई घेरेर पार्टीलाई पुरानै अवस्थामा पु¥याउने र कोइराला परिवारको विरासत जोगाउने उद्घोष समेत गराईन् ।

पार्टी केन्द्रीय कार्यालयमा भएको केन्द्रीय कार्य समिति बैठकलाई समेत छायाँमा पार्दै कोइरालात्रयले सयपत्री फूलको एउटै माला लगाएर आफूहरु एक भएको सन्देश दिएका थिए । कोइराला परिवारका तीन सदस्यको यो क्रियाकलापले कांग्रेसमा समेत नयाँ रक्तसंचार, उत्साह र तरंग पैदा गरेको छ । उनीहरुले आफूहरु एक आपसमा प्रतिष्पर्धा नगर्ने र एकले अर्कोलाई सहयोग र समर्थन गरेर नै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कोइराला परिवारका तीन सदस्यको एकताको घोषणाले पार्टीको संस्थापनइत्तर पक्षमा मात्र होइन, संस्थापन पक्षमा पनि तरंग पैदा गरेको छ । कोइराला परिवारका सदस्यहरु एकै ठाउँमा उभिएमा आगामी महाधिवेशनमा आफूहरुको कब्जाबाट पार्टीको नेतृत्व र वर्चस्व नै गुम्ला भन्ने चिन्ता र त्रास समेत पैदा गरेको छ ।

आफूहरुबीच सार्थक एकता नहुँदा र आशंकाले गर्दा पार्टीमा गुट, उपगुट भएको र संस्थागत ढंगले पार्टी नचल्दा कार्यकर्तामा र निरासा पैदा भएको तीनै कोइराला परिवारका नेताले भन्न थालेका छन् । कोइराला परिवारका तीन सदस्यले आफूहरु मिलेरै अघि बढ्ने संकेत स्वरुप कोइराला निवासमा आउनु अघि सुजाताले कात्तिक २६ गते सभापति देउवाइतरका सबै नेतालाई एकै ठाउँ राखेर दिवा भोज दिएकी थिइन् ।

सुजाताको दिवा भोजमा बरिष्ठ नेता रामचन्द्र पौडेलदेखि पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी र डा.रामशरण महत, शशांक, शेखरको समेत उपस्थिति थियो । पार्टीको १३ औं महाधिवेशनमा सभापतिका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा खुलेर लागेका तीन कोइराला परिवारका सदस्यहरु गत बर्ष भएका स्थानीय, प्रदेश र संसदीय निर्वाचनपछि भने बरिष्ठ नेता पौडेलदेखि सभापति शेरबहादुर देउवासँग समेत टाढिएका थिए ।

स्थानीय निर्वाचनका उम्मेदवार चयन गर्दा सभापति देउवाले गम्भिर गल्ती र त्रुटी गरेको भन्दै डा. शेखर देउवासँग रुष्ट मात्र भएनन कट्टर विरोधी भएर देखा परे भने महामन्त्री डा. शशांक रामचन्द्र पौडेलसँग भन्दा देउवासँग नजिक भए । संसदीय दलको नेताको निर्वाचनमा उनले पौडेल प्यानलका उम्मेदवार प्रकाशमान सिंहलाई भोट नहाली देउवालाई सहयोग गरेका थिए ।

सुजाता भने पौडेलसँग निकट भए पनि देउवाको चर्को बिरोधमा लागिनन् । एकपछि अर्को गर्दै सभापति देउवाले सहमतिको आधारमा भन्दै नेता पौडेललाई देखाएर विधान विपरित निर्णयसमेत हुन थालेपछि सुजाता देउवासँग रुष्ट बनेकी थिइन् ।

गिरिजाप्रसाद कोइराला फाउन्डेशनको प्रदेश–एक कार्यालय उद्घाटनका क्रममा कार्यक्रममा एकताको प्रतीकका रुपमा तीन कोइरालालाई आयोजकले एउटै माला लगाइदिएको घटनापछि देउवाका बिरोधीको रुपमा चिनिएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने औपचारिका रुपमा कुनै प्रतिक्रिया दिएका छ्रैनन् ।

उनले सभापति देउवाको बिधान नमानी पेलेर जाने क्रियाकलापको बिरुद्ध आफूले साथ दिए पनि कोइराला परिवारको राजनीति जोगाउने नाममा आफूले साथ नदिने संकेत गरेको बुझिएको छ । नेतृ कोइरालाले समेत सिटौलालाई एक केन्द्रीय सदस्य मार्फत आफूहरु परिवारको नाममा राजनीति गर्ने नभए सभापति देउवाको नेतृत्वबाट पार्टीलाई मुक्त गर्न सहमति, सहकार्य र एकताको बाटोमा आउन भनेकी छन् । उनले पार्टी नेतृत्व लिने आफ्नो महत्वकांक्षा नभएकोले सहमतिबाटै अघि बढ्ने सन्देश पठाएकी छिन् ।

कोइरालात्रयले एक ढिक्का भएर कांग्रेसलाई नेतृत्व प्रदान गर्ने दाबी गरेपछि सिटौला गुटका नेता केही शसंकीत भएका थिए । महामन्त्री शशांकले कांग्रेस अझै बीपी र गिरिजाप्रसाद कोइरालाकै बाटोमा अगाडि बढ्ने बताएका थिए । केन्द्रीय सदस्य डा. शेखरले कांग्रेसलाई सशक्त बनाउन कोइरालाहरु एक ठाउँमा उभिएको बताए ।

कोइराला परिवारका तीन नेताहरु जीपी फाउन्डेशनकी अध्यक्ष सुजाताको यस्तो अभिव्यक्तिप्रति शंका नगर्न भन्दै सुजाता कोइरालाले शुक्रबार यूवा नेता गगन थापालाई समेत भेट गरेकी थिइन् । सुजाताले समृद्ध नेपाल निर्माणमा सहयोग गर्न आफूहरु एक भएको र कसैको बिरुद्ध नभएको दाबी गरे पनि सभापति शेरबहादुर देउवा पक्षधर नेताहरुले यसलाई सभापति देउवाबिरुद्धको मोर्चाबन्दीको रुपमा लिएका छन् ।

मण्डिखाटारको दिवा भोजमा पूर्वमहामन्त्री कृष्ण सिटौला भने अनुपस्थित रहे । उनी उपत्यकाबाहिर भनिए पनि आफ्नै निवास चण्डोलमा घाम ताप्दै अध्ययन गरेर बसेका थिए । सुजाता कोइरालाको आफ्नै निवास मण्डिखाटारमा देउवा इतर समूहका नेताहरुको लञ्च मिटिङबाट भड्किएको संस्थापन पक्षका नेताहरुको मन विधान मस्यौदा समितिको प्रतिवेदनमा समेत प्रतिविम्वित भएको छ ।

कोइरालाको निवासमा भएको भेलापछि विधान संशोधन मस्यौदा समितिमा रहेका सभापति देउवा पक्षधर सदस्यहरुले बिधानमा केन्द्रीय कार्य समितिको आकार ८५ बाट नबढाउने अडान लिएका छन् ।

उनीहरुले नै यसअघि बिधान संशोधन मस्यौदा समितिको प्रस्तावित प्रतिवदेनमा केन्द्रीय कार्य समितिको आकार १२१ देखि १३१ सम्म हुने प्रस्ताव गरेका थिए ।
पौडेल र सिटौला समूहमा ६ नेता लगातार पार्टी नेतृत्वविरुद्ध मोर्चाबन्दी गर्दै आएका थिए । त्यसमा महामन्त्री शशांक र नेतृ कोइरालालाई पनि समावेश गर्ने प्रयासमा सुजाता निवासमै भेला भएको एक नेताले बताए । विधान संशोधनको प्रक्रिया चलिरहेका बेला पार्टी नेतृत्वले बहुमतको बलमा विजयकुमार गच्छदारलाई उपसभापति बनाएपछि पौडेल–सिटौला समूहका नेताहरु रुष्ट बनेका थिए ।

सम्बन्धित समाचार

बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
  • २०७५ मंसिर १०, ०८: १३

काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
  • २०७५ मंसिर १०, ०८: १३

काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७५ मंसिर १०, ०८: १३

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...