झापा । सत्तारुढ नेकपाका सदस्यहरुको बहुमतले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र भित्र पर्ने गौरादह नगरपालिकामा संघीय कानुन विपरित मेयरलाई काम गर्न दबाब दिएका छन् । उनीहरुको दबाबका कारण गौरादहका मेयर रोहित शाहले विकास निर्माणका कुनै पनि काम गर्न नपाएको गुनासो गरेका छन् ।
हालै उनले आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रदेश कानुन नबनीसकेको आवस्थामा आफूले संघीय कानुन बमोजिम काम गर्न खोज्दा बहुमतको आधारमा निर्णय गराएर आफूलाई रबर स्टाम्प बनाउन खोजेको आरोप लगाएका हुन् ।
तत्कालिन नेकपा एमालेबाट निर्वाचित ६ जना वडाध्यक्ष र उपमेयरले मेयर रोहित शाहको अनुपस्थितिमा निर्णय भएको भन्दै नक्कली कागजात खडा गरेपछि मेयर साहले पत्रकार सम्मेलन गरी आफूलाई कानुन बमोजिम समेत काम गर्न नदिएर बहुमतको आधारमा कानुन विपरितका निर्णय भएको गुनासो गरेका हुन् ।
मंसिर १३ गते भएको नगर कार्य समिति बैठकमा उपमेयर गीतादेवी भेटवालले कानुन विपरितका प्रस्ताव ल्याए पछि मेयर साहले बैठक स्थगित गरेका थिए । तर, मेयर साहको अनुपस्थितिमा उपमेयर भेटवालले बैठक संचालन गरी कानुन विपरित शिक्षा समितिको अध्यक्ष उपमेयरलाई बनाउने निर्णय गरिएको थियो ।
शिक्षा ऐन २०२८ को गत बर्ष भएको संशोधित ऐनको दफा ११ –च) अनुसार शिक्षा समितिको प्रमुख मेयर हुने व्यवस्था छ । त्यस्तै बहुमतको आधारमा विभिन्न निर्णय गरिएको सूचना वाहिर आएपछि नगरका कार्यकारी अध्यक्षले समेत हस्ताक्षर नगरेको बुझिएको छ ।
मेयर साहले गौरादह नगर कार्य समितिले खेलकुद विकास समिति, संघ संस्था दर्ता समिति, सहकारी ऐन, कार्य सम्पादन र कार्यविभाजन नियमावली, विनियोजन ऐन, आर्थिक कार्यविधि ऐन र राजपत्र प्रकाशन समवन्धी कार्यविधि पारित गरिसकेको बताए । मेयर साहलाई वाईपास गरी गरिएको भनिएको निर्णय पुस्तिकामा नगरपालिकाका कार्येकारी अधिकृतले भने हस्ताक्षर गरेका छैनन् ।
मेयर साहले गौरादहको पोखरी व्यवस्थापन गरी त्यसलाई पर्यटकिय स्थलको रुपमा अघि बढाउन तयार गरिएको गुरुयोजना समेत पूर्वसांसद दीपक कार्कीले कार्यान्वयन गर्न नदिएको बुझिएको छ । हाल उनैलाई सो परियोजनाको प्रमुख बनाए पछि केही काम अघि बढ्लाकी भनेर आशा गरेका गौरादहबासी सत्ताको आडमा नेकपाका जनप्रतिनिधिहरुले बहुमतको आधारमा आफू अनुकुल काम भए मात्र गरिदिने नत्र अवरोध गर्ने गर्दा गौरादको विकासको गति सुस्त भएको स्थानियवासीको गुनासो छ ।
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...
काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...
काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...