काठमाडौं । नेपाली काग्रेसको संसदीय दलका उप नेता समेत रहेका विजयकुमार गच्छदारको उपसभपाति पद धरापमा परेको छ । पार्टी सभपाति शेरबहादुर देउवाले बिधान बमोजिम उपसभापति पद एउटा मात्र भएको थाहा पाउँदा पाउँदै उपसभपातिमा जबर्जस्ती नियुक्ति गरेपछि उनको सो पद धरापमा परेको छ।
गत चैतमा उपसभापतिमा गच्छदारको छाडेर सभापति देउवाले विमलेन्द्र निधिलाई नियुक्ति गरेका थिए । निधिलाइ उपसभपाति बनाए पछि उनले गच्छदारलाई भने संसदीय दलको उपनेता बनाएर थुमथुम्याउने प्रयास गरेका थिए । तर उपनेता पदमा चित्त नबुझाएका गच्छारले आफूलाई पार्टी एकता गर्दा भएको सहमति बमोजिम उपसभपाति दिन भने पछि देउवाले सो बिषयमाम पार्टीका शीर्ष नेतासँग छलफल समेत नगरी बिधान बिपरित गच्छदारलाई उपसभापतिमा नियुक्त गरेका हुन् ।
गच्छदारलाई उपसभापतिमा नियुक्त गरेपनि देउवाले गच्छदारलाई रुचाएका छैनन भन्ने प्रष्ट देखिन्छ । किनभने देउवा पक्षधर सदस्यहरुको बाहुल्यता रहेको पार्टी विधावन संशोधन मस्यौदा समितिले दुई जना उपसभापति हुने प्रावधानलाई समेत समेट्न नसकेपछि देउवासँग गच्ददा भित्र भित्रै चिडिएका छन् ।
उनले आफूलाई आश्वासन दिएर देउवाले धोका दिएको भन्दै हिँडेका छन् । आफू र आफूँगै कांग्रेसमा आएकाहरुको व्यवस्थापन नगरी आफूले गम्भिर निर्णय लिन बाध्य हुने धम्की गच्छदारले दिएका थिए । गच्छदारका एक दर्जन नेता र कार्यकर्ता संघीय समाजवादी फोरममा प्रवेश गर्न खोज्दा गच्छदारले कांग्रेसमै अवसर पाउने भन्दै थुमथुम्याएर राखेका थिए ।
पदाधिकारीको सख्या ६ भन्दा बढी अर्थात हालकै संरचना भन्दा नबढाउने भन्ने देउवाको अडानबाट गच्छदार देउवाप्रति शसंकित बनेका हुन् । उनको उपसभपाति पद अब महासमिति बैठकले पदाधिकारीको सख्या बढाएन भने धरापमा पर्ने निश्चित छ । अधिकार र भूमिका समेत स्पस्ट नपारिएको उपसभापति पद लिएका गच्छदार उपयुक्त अवसरको खोजिमा रहेको स्रोतले जनायो ।
नेपाली कांग्रेसमा करिब ३५ बर्षसम्म राजनीति गरेर मधेशबादी दल तत्कालिन मधेशी जनअधिकार फोरम प्रवेश गर्दै फोरम लोकतान्त्रिक भएका गच्छदार गत बर्षको संघीय संसदको निर्वाचनको मुखमा नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।
काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...
काठमाडौं : बागमती प्रदेश सरकारले उद्योग, ऊर्जा तथा सामाजिक विकाससँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्...
काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको...