काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्र्टी (नेकपा) भित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सचिवालयका अन्य नेताहरु रुष्ट बनेका छन् ।
विगत चार महिनादेखि यो वा त्यो बहानामा नौं सदस्यीय पार्टीको सचिवालय बैठक नै नबस्ने र बसेपनि औपचारिक एजेण्डामा छलफल नै हुन छानेपछि पार्टीको हाई कमाण्ड भनेर चिनिएको सचिवालयमै विवाद बढेको हो ।
सचिवालयको बैठक भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालय सदस्यलाई बोलाउने तर एक्कासी स्थागित गर्ने र बैठक बोलाए पनि चार घण्टासम्म कुराई दिने परम्पराका कारण बरिष्ठ नेताहरु नै रुष्ट बनेका हुन् । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी कन्द्रबीच एकता भएर सात महिनाअघि गठन भएको नेकपामा नौं सदस्यीय सचिवालय बनेको छ ।
पार्टी एकता घोषणा भएको सात महिनाको अवधिमा एक पटक मात्रै केन्द्रीय कमिटिको बैठक बसेको छ भने असारदेखि स्थायी समिति बैठक समेत बसेको छैन् ।
निर्धारित समयभन्दा तीन वा चार घण्टा ढिलो उपस्थित भएर सार्वजनिक कार्यक्रममा आयोजकलाई कुराएर हैरान बनाउन बानी परेका प्रधानमन्त्री केपी ओलीले भने शनिबार नराम्रो झड्का बेहोरेका छन् । शनिबार दिउँसो तीन बजेको लागि बोलाइएको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओली २० मिनेटपछि सम्म कुर्दा पनि नआएपछि चार नेताले बैठक नै बहिस्कार गरेका हुन् ।
अरु बेला पनि यस्तै बैठक बोलाएर बरिष्ठ नेताहरुलाई कुराए पछि प्रधानमन्त्रीसँग समय व्यवस्थापनको बिषयमा कुरा उठेको थियो । त्यसपछि प्रधानमन्त्री समेत रहेका ओलीले निर्धारित समयभन्दा १५ मिनेटसम्म ढिलो हुन सक्ने भन्दै त्यसभन्दा बढी समय आफूलाई लाग्ने भएमा बैठक नै स्थगित गर्ने भनेर स्पस्ट पारेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
शनिबार नेकपाका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बालुवाटारमा बोलाइएको बैठक बहिस्कार गरेका हुन् ।
दुई अध्यक्ष ओली र प्रचण्डले बैठकमा आफूहरूलाई कुराएको भन्दै चार नेता नेपाल, खनाल, गौतम र श्रेष्ठ बैठकस्थलबाट बाहिरिएका हुन । उनीहरूले आफूलाई बैठकमा अध्यक्षहरूले कुराएर अपमान गरेको भन्दै बैठकस्थलबाट बाहिरिएका थिए ।
नौ सदस्यीस रहेको नेकपाको सचिवालयका चार सदस्यहरू बैठकस्थलबाट बाहिरिएपछि शनिबार बस्ने भनिएको बैठक नै अनिश्चितकालको लागि स्थगित भएको छ । प्रधानमन्त्री ओलीको सचिवालयले भने क्यान्सरपीडित नेकपाका पूर्वसांसदसँग छलफलमा भएको दाबी गरेका छन् । ओली र प्रचण्ड तीन बजे सचिवालय बैठक बस्ने तयारी गरिरहेको बेला उदयपुरका पूर्वसभासद मणी खम्बुसँगको छलफलमा रहेका थिए ।
ओली र प्रचण्ड छलफलमा रहेकाले केही समय मात्रै ढिलो हुन गएको ओलीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली र प्रचण्डले कसैलाई अपमान गर्न कुराएको भन्ने कुरा गलत भएको जनाएको छ ।
नेकपा स्थायी कमिटी बैठक २९ गते
शनिबार बस्ने भनेको नेकपा सचिवालय बैठक नेपाल, खनाल, गौतम र श्रेष्ठले बहिस्कार गरेपछि अध्यक्षद्धय ओली र प्रचण्डले स्थायी कमिटीको बैठक मंसिर २९ गते बोलाएका छन् ।
अध्यक्षद्धयले धेरैसमयसम्म कुराएर हैरान भएका सचिवालय सदस्य इश्वर पोखरेल र रामबहादुर थापा पनि बैठक छाडेर हिँडेका थिए तर प्रधानमन्त्री ओलीले बैठक जसरी पनि बस्छ भनेपछि मन्त्रिपरिषद् सदस्यको हैसियतले प्रधानमन्त्रीको आलोचना र असहयोग गरेजस्तो देखिने भन्दै फेरि बालुवाटार फर्किएका थिए । पोखरेल ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री हुन भने थापा गृहमन्त्री हुन् ।
चार नेताले बैठक बहिस्कार गरे पनि सचिवालयको बैठकले आगामी मंसिर २९गते शनिबार स्थायी समिति बैठक पार्र्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको महासचिव विष्णु पौडेलले जनाएका थिए । ४५ सदस्यीय स्थायी कमिटिमा अहिलेसम्म सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गराइने भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...
काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...
काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...