देउवाको प्रश्न पौडेललाईः ओलीको विरोध गर्न माधव नेपाल जत्तिको हिम्मत पनि छैन? – Naya Bikalpa
July 27, 2026, Monday      Epaper

देउवाको प्रश्न पौडेललाईः ओलीको विरोध गर्न माधव नेपाल जत्तिको हिम्मत पनि छैन?

काठमाडौं । नेपाली काग्रेसका सभपाति शेरबहादुर देउवाले पार्टीकै शीर्ष नेताहरुले आफ्ना बिरुद्ध बोलेको भन्दै चरम असन्तुष्टी व्यक्त गरे । नेपाली कांग्रेसको राजधानीमा जारी महासमिति बैठकको उद्घाटन कार्यक्रममा सभापति देउवाले आफ्नो विरोधमा बोल्ने पार्टीका नेताहरुले प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपामा अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध भने बोल्न नसकेको गुनासो गरे ।

देउवाले भने – पार्टी भित्र मेरो विरोध गर्न छुट छ । मलाई यो गल्ति गरिस भनेर भन्दा पनि हुन्छ । प्रजातान्त्रिक पार्टीमा बिरोध गर्न र बोल्न छुट छ तर ओलीको बिरोध माधव नेपालको भन्दा बढी गर्न किन नसकेको होला?’ उनले बरिष्ठ नेता रामचन्द्र पौडेलको नाम लिएर आफ्नो खिलाफमा बोल्न पाए पनि माधव नेपालको जत्तिको हिम्मत गर्न आग्रह गरे । उनले आफूबिरुद्ध बोल्नुको सट्टामा ओलीको विरोध गर्न आग्रह गरे ।

सभपाति देउवाले पार्टीका संस्थापक गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले जस्तो अव कसैले पनि पार्टी छोड्नु नपर्ने दाबी गरे । उनले पार्टी भित्र विधि र पद्धति कायम हुन नसक्दा कांग्रेसले एक पटक जित्ने र अर्को पटक संसदीय निर्वाचन हार्ने गरेको बताए ।

सभापति देउवाले अव प्रचार क्षमताको अभिवृद्धि, अनुशासन कायम, राष्ट्रव्यापी प्रशिक्षण, सबै विभागको गठन गरी आगामी निर्वाचनबाट कांग्रेसलाई पहिलो पार्टी बनाईने घोषणा गरे । उनले नेपाल कम्युनिष्ट पार्टीको अधिनायकवादी शैलीले अघि बढेको सरकारले गर्दा देशमा हत्या, अपराध र अपहरणमा बृद्धि भएको दाबी गरे ।

‘निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको दोषीलाई कारबाही गर्नुपर्छ भन्दै न्याय माग्न टाँसिएका पोष्टर च्यातेर बलात्कारीलाई बचाउन खोजेको छ’, सभापति देउवाले भने ‘सरकारले संघीयताको संस्थागत अभिवृद्धिको लागि आवश्यक कानुन बनाउन तर्फ ध्यान नदिएको, वुढीगण्डकी जस्तो परियोजनालाई बिना प्रतिष्पर्धा चीनको एक कम्पनीलाई दिएको र सरकार असफल भइरहेको जनाए ।

संविधान संशोधन गर्ने प्रतिवद्धता पुरा नगर्ने र धर्म प्रचारको काममा लाग्ने तथा बुद्धिजीविलाई थला पार्ने सरकारको नीतिलाई पार्टीले स्वकार नगर्ने भन्दै पार्टीको एक अभियानले मुलुक ठप्प हुने भए पनि जनजीवनलाई प्रभावित गर्न कांग्रेसले नचाहेको देउवाले बताए । उनले भने ‘रोल्पामा तरुण दलका रोहित पुन र सर्लाहीमा रामविलास महतोको हत्या कम्युनिष्ट पार्टीका कार्यकर्ताले गरेकोले उनीहरुलाई कहाँबाट आया े?’

सम्बन्धित समाचार

डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
  • २०७५ पुष २, ०५: ४६

काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...

सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
सुनसरी घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
  • २०७५ पुष २, ०५: ४६

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
  • २०७५ पुष २, ०५: ४६

काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...