काठमाडौं । नेपालका संसदका पहिलो सभामुख एवं नेपाली काँग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईका जन्मजयन्ती विभिन्न कार्यक्रमकाबीच सम्पन्न भएको छ । सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्णकदको सालिक सुन्दरीजलस्थित वी.पी सङ्ग्राहलयमा पौष ७ गते शनिबार अनावरण गरियो ।
सन्त नेता कृष्णप्रसाद भट्टराईको बाँडेगाउँस्थित प्रतिष्ठानमा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री के.पी शर्मा ओली तथा नेपाली काँग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेता भट्टराईले नेपाली राजनीति क्षेत्रमा पु¥याउनु भएको योगदानको बारेमा चर्चा गरे ।
बाँडेगाउँस्थित भट्टराई प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली काँग्रेसका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ता, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, बुद्धिजिवी, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।
काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...
काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...
काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...