काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २०औं साधारणसभा आइतबार सम्पन्न भएको छ । काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा सम्पन्न उक्त साधारणसभामा प्रमुख अतिथि नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल रहनु भएको थियो ।
साधारणसभामा पत्रकारहरु तीर्थ कोइराला, गोविन्द पोखरेल, देवेन्द्र चुडाल, दामोदरप्रसाद दवाडी, ईश्वरी वाग्ले, गगन विष्ट, डा. द्वारिका उप्रेती, रामहरि सिलवाल, गोविन्द चौलागाई, जन्मदेव जैशी शुभेच्छा विन्दु, ईश्वरी ओझा, नकुल अर्याल, मिराराज भण्डारी, श्याम बस्नेत लगायत काठमाडौं शाखाका अग्रज पत्रकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उक्त साधारणसभामा प्रेस काउन्सील नेपालले ‘पत्रकार आचार संहिता डिजिटल संवाद कार्यक्रम’ समेतको आयोजना गरेको थियो । प्रेस काउन्सीलको तर्फबाट सदस्य लगायत प्रमुख अधिकृत झपेन्द्र भुषालले डिजिटल मिडिया संवादको बारेमा प्रकास पारेका थिए ।
त्यसैगरी वक्ताहरुले साना तथा स्वरोजगारमूलक सञ्चामाध्यमलाई परेको अफ्ठेरोको बारेमा प्रकास पारेका थिए भने शाखाका अध्यक्ष सान्ताराम विडारीको सभापतित्वमा सम्पन्न साधारणसभाले १५ बुंदे घोषणापत्र समेत जारी गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...
काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...
काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...