राजपाको माग पुरा गर्न ओलीले मागे सात दिन – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

राजपाको माग पुरा गर्न ओलीले मागे सात दिन

काठमाडौं ः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अघि सारेका मागहरुलाई संवोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको एक साता समय आज पुरा हुँदैछ । गत साता प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न उनको सरकारी निवास बालुवाटार पुगेका राजपा अध्यक्ष मण्डलको टोलीसँग ओलीले यस्तो आश्वासन दिएका थिए ।

राजपा अध्यक्ष मण्डलका नेताहरूसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले संविधान संशोधन, मधेस आन्दोलनमा लगाइएका मुद्दा फिर्ता, सांसदमा निर्वाचित रेशम चौधरीको रिहाइ र मधेस आन्दोलनको छानविन प्रतिवेदन सार्वजनिक गर्न एक साताको समय माग गरेको राजपा महासचिव केशव झाले बताए ।

‘प्रधानमन्त्रीले राजपाद्वारा उठाएका मागहरु छठपछि संवोधन गर्ने भनेर प्रतिवद्धता व्यक्त गरेको समय सकिए पनि संवोधन नगरिइको भनेर हाम्रा अध्यक्षहरुले ध्यानाकर्षण गराउनु भयो’, महासचिव झाले भने, ‘हाम्रा माग सम्बोधन भएनन । अब किन समर्थन जारी राख्ने भनेर उहाँहरुले प्रश्न गर्नुभयो ।’

भेटमा प्रधानमन्त्रीले एक साताभित्र सबै माग सम्बोधनका लागि प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएका थिए । राजपा अध्यक्ष मण्डलका सदस्यहरुसँग करिब दुई घण्टा भएको छलफलमा राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, सदस्यहरू महन्थ ठाकुर, महेन्द्रराय यादव, शरदसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव सहभागी थिए ।

राजापाको अध्यक्ष मण्डलको संयोजक भएका राजेन्द्र महतोले अर्का अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरको अनुपस्थितिले एक पटक पनि बैठक बोलाउन सकेका थिएनन् । पार्टी भित्रको बिबाद मिलाउन राजपा अध्यक्ष मण्डलको बैठक बसेको थियो । बैठकले पनि प्रधानमन्त्रीले दिएको समयसीमा पर्खने निर्णय गरेको थियो । ६ पार्टी मिलेर गठन भएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा आन्तरिक किचलो जनकपुरमा छताछुल्ल बाहिर आएको छ ।

गत मंसिर ४ गते अध्यक्षीय मण्डलको बहुमतबाट संयोजक पदबाट महन्थ ठाकुरलाई हटाइएपछि सुरु भएको विवादमा राजेन्द्र महतोको पुतला दहनदेखि प्रदेशको प्रमुख सचेतक तथा सांसद परमेश्वर साहसम्मलाई कारबाहीको सिफारिस भएबाट राजपामा हलचल उत्पन्न गरेको हो ।

अध्यक्ष मण्डलका बहुमत सदस्यले महतोलाई अध्यक्ष मण्डलको संयोजक बनाएपछि सुरु भएको विवाद एकताको निर्वाचन आयोगमा पठाइएको केन्द्रीय समितिको सूचीलाई आधिकारिक मान्दै त्यसयताका नियुक्ति र मनोनयन रद्द गर्ने निर्णय गरेपछि त्यसको विवाद अहिले जिल्ला तहसम्म देखिन थालेको छ।

गत शुक्रवार संयोजक राजेन्द्र महतोद्वारा हस्ताक्षरित विज्ञप्तिमा राजपा धनुषाको अध्यक्ष मण्डलका ६ जना सदस्यमध्ये एक देवकृष्ण मण्डललाई हटाएर बिद्यार्थी नेता ज्ञानेन्द्र झा ‘ज्ञानुलाई बनाएपछि राजेन्द्र महतोको पुत्ला दहनसम्म गरिएको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय महासचिवहरुको सचिवालय कमिटीको निर्णयले केही जिल्लामा अध्यक्ष मण्डललाई परिवर्तन गर्ने निर्णयअनुरुप निर्णय लिइएको केन्द्रीय महासचिव केशव झाले दाबी गरे । तर यता जिल्ला अध्यक्षीय मण्डलबाट हटाइएका देवकृष्ण मण्डलले आफूलाई राजेन्द्र महतोले पार्टी एकल वर्चश्व तथा हैकमबादी प्रवृति देखाउँदै आफूलाई हटाएको दाबी गरे।

देवकृष्ण मण्डल तथा ज्ञानेन्द्र झा ‘ज्ञानु’ दुवै शरतसिंह भण्डारी पक्षधर नेता हुन् । राजापाकै एक केन्द्रीय नेताले भने, महतोले हैकमवादी प्रवृति देखाएको भए आफ्नै लविको मान्छे राख्थे, तर धनुषामा अध्यक्ष मण्डलबाट हटाईएका मण्डल र ज्ञानु दुवै शरतसिंह पक्षधर भएकाले हैकमवादी भन्न मिल्दैन ।

प्रदेश सचेतक साहलाई कारबाहीको सिफारिस शुक्रबार साँझ अध्यक्षीय मण्डलबाट आफूलाई हटाएको विरोधमा देवकृष्ण मण्डलसहित प्रदेश सचेतक तथा सांसद परमेश्वर साहको नेतृत्वमा संयोजक राजेन्द्र महतोको विरोध गर्दै पुतला दहन भएको थियो । शनिबार राजपाकै केन्द्रीय पदाधिकारीहरुको जनकपुरधाममा बसेको बैठकबाट प्रदेश सचेतक परमेश्वर साहलाई कारबाहीको सिफारिस गरेको एक नेताले जनाएका छन्।

कस्तो खालको कारबाही भन्नेबारे भने उनले केही खुलाएका छैनन् । बैठकमा प्रदेश सांसदहरु, महासचिव, प्रवक्ता, केन्द्रीय सदस्य तथा राजपा भ्रातृ संगठनका पदाधिकारीहरुको उपस्थिति रहेको स्रोतको भनाइ छ । यता मुख्य विवाद देखिएको संयोजक राजेन्द्र महतो र प्रदेशका प्रमुख सचेतक परमेश्वर साह एकै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका हुन् ।

तर दुवै फरक लविका नेता भएका कारण परमेश्वर साहले पटक–पटक कतिपय सार्वजनिक समारोहमै राजेन्द्र महतोलाई दुव्र्यवहार गर्दै आएको महतो पक्षधर नेताको आरोप छ ।

केही महिनाअघि धनुषाको निर्वाचन क्षेत्र नं ३ मा अयोजित क्षेत्रीय भेलामा राजेन्द्र महतोले अध्यक्षता ग्रहण गरेपछि विवादले तनावको अवस्था नै सिर्जना गरेको थियो। सोही क्रममा परमेश्वर साहकै नेतृत्वमा महतोविरुद्ध नाराबाजीसहित गाली गलौजसम्म गरेका थिए ।

सम्बन्धित समाचार

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०७५ पुष १६, ०७: ५१

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०७५ पुष १६, ०७: ५१

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
  • २०७५ पुष १६, ०७: ५१

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...