ठेकेदारलाई सांसद पत्रकारलाइ भोजभतेर – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

ठेकेदारलाई सांसद पत्रकारलाइ भोजभतेर

काठमाडौं । नेपाली कांग्रेसको मंसिर २८ देखि पुस ८ गतेसम्म चलेको महासमिति बैठकको निर्णय कार्यान्वयन गर्न छोडेर पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल यतिवेला पत्रकारहरुलाई प्रितिभोजको नाममा व्यस्त हुन थालेका छन् ।

महासमिति बैठक सकिएको भोलीपल्ट सभापति देउवाले आफ्नै निवास बुढानिलकण्ठमा र वरिष्ठ नेता पौडेलले आप्mनै निवास बोहोराटारमा जिल्ला सभापतिहरुलाई दिवा भोज आयोजना गरेका थिए । ९ र १० गते जिल्ला सभापतिहरुलाई भोज खुवाउन व्यस्त भएका दवै नेताले पुस ११ गते लेखकहरुलाई पुस १२ गते पत्रिका, टिभि र रेडियोका सम्पादकहरुलाई र १३ नेपाली कांग्रेसको विट हेर्ने पत्रकारलाई रात्रि भोजको व्यवस्था गरेका थिए ।

पार्टी सभापति देउवा, वरिष्ठ नेता पौडेल, उपसभापतिहरु विमलेन्द्र निधि र विजयकुमार गच्छदार तथा महामन्त्री पूर्णबहादुर खड्काको उपस्थिति थियो । भेटघाटका क्रममा लेखक, सम्पादक र रिपोर्टर्रहरुले पत्रकारहरुलाई भोज खुवाउनु भन्दा सूचना र समाचार दिनु उपयुक्त हुने सुझाव दिएका थिए । केही पत्रकारले त ठेकेदार र व्यापारीलाई मात्र समानुपातिकतर्फको उम्मेदवार बनाउने कांग्रेसले पत्रकारलाई रात्रीभोजन गराएर खुसी पार्न खोजेको हो भन्दै प्रश्न गरेका थियो ।

सम्बन्धित समाचार

६ मन्त्रीले गरे खरिपाटी होल्डिङ सेन्टरको अनुगमन
६ मन्त्रीले गरे खरिपाटी होल्डिङ सेन्टरको अनुगमन
  • २०७५ पुष १६, ०८: ०१

काठमाडौं : गृहमन्त्री सुधन गुरुङसहित संघीय सरकारका ६ मन्त्रीले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेका छन् । हालै...

दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया
  • २०७५ पुष १६, ०८: ०१

काठमाडौं : अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । हाल उनी काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत...

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
  • २०७५ पुष १६, ०८: ०१

जनकपुरधाम : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ...