सिटौला र शर्माको जिल्लामा २ नेविसंघ – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

सिटौला र शर्माको जिल्लामा २ नेविसंघ

झापा । नेबिसंघ झापाको बिहिवार सम्पन्न १२ औँ जिल्ला अधिवेशनले दुई दुई वटा जिल्ला समिति बनाएको छ । पार्टीका पूर्वमहामन्त्री एवम् केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको जिल्लामा भएको अधिवेशनले केन्द्रीय तहको दुई धारलाई स्पष्ट देखाएको हो ।

पार्टीको गुटगत राजनीतिको असर भातृ संस्था नेपाल विद्यार्थी संघमा समेत परेको छ । जसमा दुई वटै समूहले समानान्तर समिति निर्माण गरेर नेतृत्व चयन गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउबा प्यानलको नेतृत्व भुवन बुढाथोकीले गरेका छन् भने सिटौला प्यानलको नेतृत्व राजेन्द्र उप्रेतीले गरेका छन् । केही समय अघि जिल्लाका नेताहरु बसेर सहमतिमा भुवन बुढाथोकीको नेतृत्वमा जिल्ला नेतृत्व चयन गरिएको बताइएको थियो ।

बुढाथोकीलाई नेताहरु भगिरथ पोदार, प्रेम सम्बाहाम्फे, नारायण गिरी, मदन बुढाथोकी, शिव कडेँल, मनोज कार्कीको समर्थन थियो । उनीहरु देउवा प्यानलका हुन् । सहमति पछि उनीहरुले सामाजिक सञ्जाललगायत विभिन्न मिडियामा यसको समाचार संम्प्रेशण गरे ।

तर, त्यसको कहि घण्टा वित्न नपाउँदै सिटौला प्यानलले राजेन्द्र उप्रेतीको उम्मेदवारी मनोनयन गराएर निर्वाचनको तयारीमा जुटे। जिल्ला सभापति उद्धव थापा, नेता सुधिर सिवाकोटी, देउमान थेबे, नविन विमली, गणेश पोखरेल लगायतको समर्थन उप्रेतीमा थियो । रातभर लगाएर निर्वाचन सम्पन्न भयो ।

मत गणनापछि उप्रेती विजय भएको घोषणा सहित अबिर जात्रा गरियो। यसरी १२ घण्टाको अन्तरालमा दुई वटा प्यानलका अध्यक्ष भएको समाचारले धेरैलाई अन्यौल बनायो । यसरी एउटै जिल्लामा फरक धारमा दुई वटा समिति निर्माण भएपछि पार्टीभित्रसमेत अन्योलता छाएको छ । वुढाथोकी प्यानलबाट उपसभापतिमा निरोज दुलाल, सचिवमा विनोद चापागाई, सहसचिवमा प्रकाश खत्री र कोषाध्यक्षमा सृजना भण्डारी चयन भएका छन् । यता उप्रेती प्यालनबाट निर्वाचित सचिवमा नारायण नेपाल, कोषाध्यक्षमा नवराज ढकाल लगायत चयन भएको जनाइएको छ ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ पुष १६, ०८: ०३

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

वर्षाले देशभरका विभिन्न राजमार्ग अवरुद्ध
वर्षाले देशभरका विभिन्न राजमार्ग अवरुद्ध
  • २०७५ पुष १६, ०८: ०३

काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न सडकमा पहिरो, ढुंगा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल...

आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व मनाइँदै
  • २०७५ पुष १६, ०८: ०३

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...