एमसीसी पास गर्न सत्ता पक्षलाई प्रतिपक्षको आवश्यकता नपर्ने एमाले अध्यक्ष ओलीको जिकीर – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

एमसीसी पास गर्न सत्ता पक्षलाई प्रतिपक्षको आवश्यकता नपर्ने एमाले अध्यक्ष ओलीको जिकीर


नयाँ विकल्प,

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्नमा सत्तापक्षलाई प्रमुख प्रतिपक्षको आवश्यकता नभएको बताएका छन्। उनले प्रमुख प्रतिपक्षीको भुमिकालाई नजरअन्दाज गरेका कारण एमालेले निर्णय गरिहाल्नुपर्ने अवस्था नभएको बताए। सोलुखुम्बूको खुम्बु पासाङल्हामू गाउँपालिका काठमाडौमा गरेको सम्मान कार्यक्रममा बोल्दै संसदमा एमालेले अध्यक्ष ओलीले सो धारणा राखेका हुन्।उनले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ५३ जना खुम्बुका नागगरिकलाई सम्मान गरेको छन्। सम्मान पाउनेमा २५ पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड राख्ने कामिरिता शेर्पा देखि राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पासम्म रहेका छन्।शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायतका क्षेत्रमा खुम्बुमा जन्मेर राष्ट्रलाई योगदान गरेका ५३ जनालाई सम्मान गरिएको थियो। त्यस्तै, विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ३७५ जनालाई प्रशंसा–पत्र प्रदान गरिएको छ। सोही अवसरमा एमाले अध्यक्ष ओलीले गाउँपालिकाले कार्यान्वयनमा ल्याउने स्मार्ट कार्डको शुरुवात समेत गरेका थिए। त्यसक्रममा ओलीले खुम्बुले गरेको विकासबाट आफू सन्तुष्ट रहेको बताए।

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ फाल्गुन १०, २१: १२

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ फाल्गुन १०, २१: १२

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ फाल्गुन १०, २१: १२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...