काठमाडौं । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा सार्वजनिक महत्वको विषयमा एक घण्टा लामो मन्तव्य दिए । सार्वजनिक विषयको महत्व भएको हुनाले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले सभामुखसमक्ष समय माग गरे ।
समय माग भएपछि प्रतिपक्षी सांसदको लागि समय उपलब्ध गराउने भन्दै संसदको कार्वाही अगाडि बढाए । तर संसदको कार्वाही अगाडि बढाउँदै जाँदा प्रतिपक्षी दलका सांसदहरुले उठेर होहल्ला गर्दै पुनः बोल्न माग गरे ।
तत्काल सभामुखले फेरी केही सांसदलाई एक मिनेट मात्र बोल्न दिने भनेपछि काँग्रेसका सांसदहरुले संसद अवरुद्ध गर्न पुगे । संसद सञ्चालन नियमावली अनुसार एक मिनेट र केहीलाई बोल्न दिन्छु भन्दा काँग्रेस सांसदहरुले नमान्दा प्रन्ध मिनेटका लागि संसदनै स्थगित भयो ।
अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले दुईवटा विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्दागर्दै प्रतिपक्षी सांसदहरुको होहल्लाका कारण प्रन्ध मिनेटका लागि स्थगित भएको संसद एकैचोटी पच्चीस गतेसम्मलाई स्थगित भयो ।
संसद सञ्चालन नियमावलीभित्र रहेर बोल्न नपाएको भन्दै सांसदहरु गगन थापा, दिलेन्द्र वडु, डा.मिलेन्द्र रिजाल, बालकृष्ण खाँड, पुष्पा भुषालले सभामुखलाई तपाई सभामुखकी पार्र्टी सदस्य प्रतिप्रश्न गरेका थिए ।
काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...
काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...