सत्तारुढ न्यौपानेको भण्डाफोरमा काँग्रेस प्रवक्ता शर्माको ट्वीट – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

सत्तारुढ न्यौपानेको भण्डाफोरमा काँग्रेस प्रवक्ता शर्माको ट्वीट

हेलिकप्टर चढेर खेती अवलोकन गर्ने राष्ट्र प्रमुख, सार्वभौम जनप्रतिनिधि संस्थालाई मान्ने तर भ्रष्टाचार छानविनका लागि त्योभन्दा माथि अर्कै समिति बनाउने हाम्रो सरकारको काम गर्ने शैली, पैसा जम्मा गर्न सजिलो होस् भनेर सबै घरकै सदस्यलाई सचिवालयमा राख्ने पार्र्टीका नेता, कम्युनिष्ट पार्टीका नेता हुने, सँगै शिक्षा र स्वास्थ्य क्षेत्रका व्यापारी पनि बन्न पाइने हाम्रो नैतिकता, निजी संस्थालाई सम्बन्धन दिन विश्वविद्यालयलाई दवाव दिने, त्यसवापत निजी संस्थासँग पैसा खाने पार्टीका नेता, आफ्नै घरमा बस्ने तर सचिवालयबाट घर भाडा लिने हाम्रा सांसद, मन्त्री क्वार्टरमा बस्ने तर सचिवालयबाट घर भाडा लिने हाम्रा सांसद, चुनाब जिताउने कार्यकर्ता र जनताले तर सचिवालयमा आफ्नै छोराछोरी भाइभतिजाले भर्ने हाम्रा सांसद, निर्माणमार्फत देशलाई ठग्ने ठेकेदारहरू हाम्रा सांसद, गैर कानूनी रूपमा आय आर्जन गर्ने मान्छेहरू जसले पार्टीका अमूक नेतालाई पैसा खुवाएर बनेका हाम्रा सांसद, विमान खरिदमा अर्बौ भ्रष्टाचार हुने मेरो देश, दुरसञ्चारमा अर्बौको चलखेल भइरहेको मेरो देश, सांसदलाई सपथ खुवाउने तर लोगो लगाएर जेल बस् भन्ने हाम्रो कानून, आन्दोलन गर्ने तर शिक्षा मालिकसँग पैसा कुम्ल्याएर मुद्दा साट्ने विद्यार्थी आन्दोलन, शक्ति नलगाई वा पैसा नखुवाई प्रतिस्पर्धा र पद्धतिमा सर्वसाधारणको एउटा पनि काम नहुने मेरो प्रिय देश

विश्वप्रकाश शर्माले ट्विट मार्फत यस्तो भने ः
संवैधानिक सर्वोच्चता साझा सहमति र मुलुकको अग्रगतिको मुल बाटो हो । निश्चित दल बिशेषको सरकारलाई गणितीय बल थप्ने नाममा यो दायरा उलंघन गरिनु नैतिक र राजनैतिक दुवै कोणबाट गलत छ । अदालतमा विचाराधीन मुद्दाका मुख्य आरोपिलाई ताजपोशी गराउने तयारीले कानुनी राज्यको खिल्ली उडाएको छ केपि कमरेडको ञरामराज्यझ मा ‘कञ्चनपुरकी बालिकाले न्याय पाइनन, कैलालीका अधबैंसे ञगोदबाझ थाप्दैछन् । हिजोको भासण र आजको सुशासनबीच नाता सकियो ।

सम्बन्धित समाचार

बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
  • २०७५ पुष २३, १०: ००

बेलटार, उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रमा पछिल्लो समय अनपेक्षित रूपमा विद्युत कटौती बढेको भन्दै नेपाली कांग्रेस नगर कार्यसमितिले नेपाल...

टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
  • २०७५ पुष २३, १०: ००

काठमाडौं : बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर भएका विभिन्न उच्च पदस्थ व्यक्तिहरूलाई सजाय निर्धारण गरेको...

सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
  • २०७५ पुष २३, १०: ००

काठमाडौं : नेपाली कांग्रेसले सुकुम्वासी समस्या समाधानका लागि साझा राष्ट्रिय दृष्टि निर्माण गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव अघि बढाउन संसदीय...