
नयाँ विकल्प,
काठमाडौं- आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन २९ नयाँ दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आयोगले बिहीबार विज्ञप्ति जारी गरी निर्वाचनमा भाग लिनका लागि दर्ता हुन निवेदन दिने दलहरुको संख्या २९ पुगेको जानकारी दिएको हो ।
निर्वाचनमा भाग लिन निवेदन दिने नयाँ दलमा बहुजन एकता पार्टी नेपाल, वैज्ञानिक समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, नेपाल कम्युनिष्ट पार्टी ‘एकीकृत समाजवादी’, तामाङसालिङ लोकतान्त्रिक पाटी, राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् ।
यस्तै, नेपाल समावेशी पाटी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय विकास पार्टी, नागरिक उन्मुक्ति पाटी, खुम्बुवान राष्ट्रिय मोर्चा, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी, नेपाल संसदीय समाजवादी पार्टी, सचेत नेपाली पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी नेपाल, समाजवादी केन्द्र नेपाल र पिछडावर्ग निषाद दलित जनजाति पार्टी लगायतले पनि निवेदन दिएका छन् ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...